ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री परिषद् विस्तारमा आफ्नै जम्बो इतिहास तोड्दै प्रधानमन्त्री देउवा


admin
२६ भदौ २०७४, सोमबार   १० : ०६   बजे

काठमाडौं २६ भदौं । आफ्नै जम्बो इतिहास तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका बनाएका छन् । २०५२ सालमा जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित भएका देउवाले त्यही कीर्तिमानलाई निरन्तरता दिँदै ५४ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

२००७ सालयता बनेका कुन मन्त्रिपरिषद् कति संख्याको ? यो तथ्याङ्क हेरौं ।

—७ फागुन ००७ मा श्री ३ मोहनशमशेर जबरा नेतृत्वमा १० सदस्यीय मन्त्रिपरिषद्

—१ मंसिर ००८ मा मातृकाप्रसाद कोइराला नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

—४ असार ०१० मा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद् ७ सदस्यीय

—१३ माघ ०१२ मा टंकप्रसाद आचार्यको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन

—११ साउन ०१४ मा केआई सिंह ९प्रधानमन्त्री०को नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् ११ सदस्यीय

—२ जेठ ०१५ मा सुवर्णशमशेर जबराको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद्

—१३ जेठ ०१६ मा विश्वेश्वरप्रसाद कोइराला नेतृत्वमा एक सदस्यीय मन्त्रिपरिषद् गठन

—१३ पुस ०१७ मा गठन भएको मन्त्रिपरिषद् ९तत्कालीन राजा महेन्द्रले शासन हातमा लिएकाले प्रधानमन्त्री नियुक्त भएका थिएनन्० १२ सदस्यीय

—१८ असार ०१९ मा डा। तुलसी गिरीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् १६ सदस्यीय

—२७ चैत ०२० मा तुलसी गिरीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् १५ सदस्यीय

—२७ भदौ ०३४ मा कीर्तिनिधि विष्टको मन्त्रिपरिषद् २२ सदस्यीय । ८ मन्त्री, ५ राज्य र ९ सहायकमन्त्री

—१८ जेठ २०३६ मा सूर्यबहादुर थापाको मन्त्रिपरिषद् २८ सदस्यीय । ७ मन्त्री, ६ राज्य र १४ सहायकमन्त्री

—२ असार २०३८ मा सूर्यबहादुर थापाको मन्त्रिपरिषद् २८ सदस्यीय । १० मन्त्री, ६ राज्य र १२ सहायकमन्त्री

—२०४३ जेठमा मरिचमान सिंहको २८ सदस्यीय मन्त्रिपरिषद् । १३ मन्त्री, ६ राज्य र ९ सहायकमन्त्री

—२०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार ११ सदस्यीय

—२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृतवमा २४ सदस्यीय मन्त्रिपरिषद् । ९ मन्त्री, ७ राज्य र ७ सहायकमन्त्री ।

—२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको १५ सदस्यीय मन्त्रिपरिषद् । ८ मन्त्री र ६ राज्यमन्त्री

—२०५२ सालमा शेरबहादुर देउवा नेतृत्वमा ५२ सदस्यीय मन्त्रीपरिषद् । २७ मन्त्री, १६ राज्य र ८ सहायक मन्त्री

—२१ असोज २०५४ मा प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रीपरिषद्९कांग्रेस–राप्रपाको संयुक्त सरकार० ४७ सदस्यीय । २६ मन्त्री, १५ राज्य र ८ सहायकमन्त्री

—२ वैशाख २०५५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् ३२ सदस्यीय । २१ मन्त्री, ४ राज्य र ७ राज्यमन्त्री

—१७ जेठ २०५६ मा कृष्णप्रसाद भट्टराईको ३२ सदस्यीय मन्त्रिपरिषद् । १९ मन्त्री, ८ राज्य र ५ सहायक मन्त्री

—२०५६ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् ३७ सदस्यीय । १७ मन्त्री, १४ राज्य र ५ सहायक मन्त्री

—११ साउन २०५८ मा प्रधानमन्त्री शेरबहादुर देउवाको ४१ सदस्यीय मन्त्रिपरिषद् । १७ मन्त्री, १६ राज्य र ७ सहायक मन्त्री

—२५ असोज २०५९ मा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद् २२ सदस्यीय

—२१ असोज २०६० मा राप्रपा नेता सूर्यबहादुर थापा नेतृत्वको १९ सदस्यीय मन्त्रीपरिषद्

—२० जेठ २०६१ मा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–एमाले संयुक्त सरकार १८ सदस्यीय

—१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय । दुई उपाध्यक्ष र २४ मन्त्री

—१९ वैशाख २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् १८ सदस्यीय । १० मन्त्री र ७ राज्यमन्त्री

—२० भदौ २०६५ मा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय

—२१ जेठ २०६६ मा माधवकुमार नेपाल मन्त्रिपरिषद् ४३ सदस्यीय । २६ मन्त्री, १४ राज्य र २ सहायकमन्त्री

—२३ माघ २०६७ मा झलनाथ खनाल नेतृत्वमा ३६ सदस्यीय मन्त्रिपरिषद् । २५ मन्त्री, १० राज्यमन्त्री

—१२ भदौ २०६८ मा डा। बाबुराम भट्टराई मन्त्रिपरिषद् ४९ सदस्यीय । २६ मन्त्री, २२ राज्यमन्त्री

—११ चैत २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् ११ सदस्यीय

—२७ माघ २०७० मा सुशील कोइरालाको मन्त्रिपरिषद् २४ सदस्यीय । २१ मन्त्री, २ राज्यमन्त्री

—२५ असोज २०७२ मा केपी ओली नेतृत्वको मन्त्रिपरिषद्, ४० सदस्यीय । मन्त्री २७, १० राज्य र २ सहायक मन्त्री

—२० साउन २०७३ मा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय । ३१ मन्त्री, १८ राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group