ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक दुर्घटना कम गर्न मदिरामा रोक लगाउने तयारी


admin
१० कार्तिक २०७५, शनिबार   १ : ००   बजे

 

सुरुङ्गा, १० कात्तिक । झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन् । आर्थिक वर्ष २०७४-७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार प्रदेश नं १ को १४ जिल्लामध्ये झापामा तुलनात्मक रुपमा बढी दुर्घटना हुने गरेको छ । सवारी नियमबारे चेतनाको कमी, मादक पदार्थ सेवन, बढ्दो सवारी चाप, ट्राफिक सचेतना जगाउने साधन र स्रोतको अभावका कारण बढी मात्रामा सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक गिरी बताउनुहुन्छ ।

मदिराको बढ्दो प्रयोग स्वास्थ्यका लागि हानिकारक भएको जान्दाजान्दै पनि अधिकांशले कुनै न कुनै बहानामा मादक पदार्थ सेवन गरिरहेका हुन्छन् । पछिल्लो समय मदिरा सेवन गरी सवारी चलाउनेको सङ्ख्या पनि देशभर नै बढ्दो छ । त्यसमा झापाली पनि अछुता छैनन् । मदिरालाई ‘वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्स’ का रूपमा लिइन्छ । यसको प्रयोग विश्वभरि नै हुने गरेको छ ।

विशेष गरी नशाकै रूपमा यसको सेवन गरिन्छ । मदिराको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधिमा समेत संलग्न हुने गरेका छन् । यस्तो बेथिति बढ्दै गएपछि अब अनुमति बिना मदिराको बिक्री वितरण गर्ने, मदिरा सेवन गरेर जथाभावी गरी हिँड्ने र नशामा सवारी चलाउनेमाथि कारवाही थालिने भएको छ ।

बढ्दो मदिरा सेवन नै अपराधको मुख्य कारण भएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय झापासहित १५ वटै स्थानीय तहले माघ १ गतेदेखि झापालाई ‘मदिरा नियन्त्रित जिल्ला’ घोषणा गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

यसका लागि १५ वटै स्थानीय तहका जनप्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । झापामा वार्षिक कति मदिरा खपत हुन्छ भन्ने कसैसँग तथ्याङ्क छैन । तर, चोकचोकमा खुलेका पसलेले खुलेआम रुपमा मदिरा बिक्री वितरण गरिरहेको भेटिन्छ । प्रहरी उपरीक्षक ढकालले भन्नुभयो – “एक सहकारी संस्थासहित १ हजार ६८२ वटा फर्मले झापामा मदिरा बिक्रीका लागि आन्तरिक राजश्व कार्यालय मेचीबाट अनुमति लिएका छन् ।”

मदिरा सेवन गरी सवारी सञ्चालन गर्नै नपाइने नियम छ तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तीन वर्षको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या उच्च देखिन्छ । आर्थिक वर्ष २०७२÷७३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८४३ जना सवारी चालक कारवाहीमा परे । उनीहरुबाट ट्राफिक प्रहरीले ८ लाख ४३ हजार रुपैयाँ जरिवाना स्वरुप असुल ग¥यो । त्यस्तै, आर्थिक वर्ष २०७३-७४ मा एक हजार ४५० जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने कारवाहीमा परे ।

उनीहरुलाई कारवाही गर्दा १४ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक कालीदास रेग्मीले बताउनुभयो । आर्थिक वर्ष २०७४-७५ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ४९० जना सवारी चालक कारवाहीमा परे । उनीहरुबाट १४ लाख ९० हजार रुपैयाँ जरिवाना असुल भयो ।

चालु आर्थिक वर्षको तीन महिनामा ६९६ जना सवारी चालक मापसेमा कारवाहीमा परे । उनीहरुबाट पनि प्रहरीले ६ लाख ९६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक महिना झण्डै २५० सवारी चालक मापसेमा कारवाहीमा पर्ने गरेका छन् । ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गरेपछि चाडवाडमा भने मापसे गरी सवारी चलाउने कमै भेटिए । यसका कारण दुर्घटना समेत घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईको भनाइ छ ।

सहारा नेपाल सहकारी संस्थासँग सहकार्य गर्दै २०७६ वैशाखको पहिलो सातादेखि ट्राफिक नियम सचेतना कार्यक्रम झापामा बृहत् रुपमा गरिँदै छ । प्रहरी निरीक्षक राईले भन्नुभयो – “ट्राफिक नियम अन्तर्गत रहेका-नरहेका होर्डिङ बोर्डलाई व्यवस्थापन गर्दै वातावरणमैत्री पर्चा, पम्प्लेट वितरण गरिने छ । सञ्चारमाध्यमबाट कार्यक्रमबारे प्रकाशन÷प्रसारण गरिने छ । विद्यार्थी, युवा, राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्तालाई प्रत्यक्ष सहभागी गराई ट्राफिक नियम सचेतना कार्यक्रम अगाडि बढाइने छ ।”

“स्थानीय सरकार, प्रदेश सरकार र प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग सहकार्य गर्दै सहारा नेपाल चारपानेले दुर्घटना न्यूनीकरणकै लागि सडक बत्ती जडान गरिदिने भएको छ” – प्रहरी निरीक्षक राईले भन्नुभयो ।

झण्डै ५० लाख रुपैयाँ खर्च गरेर पहिलो चरणमा पूर्व मेचीदेखि पश्चिमको सिमाना मावा खोलासम्मको ५५ किलोमिटर लामो राजमार्गमा सडक बत्ती जडान गर्ने योजना रहेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने र दुर्घटनामा घटनास्थलमै मृत्यु हुने घटना बढेको पाइएपछि सहकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई तीन महिना अघि झण्डै १० लाख रुपैयाँ मूल्य बराबरका दुई थान व्रेथ लाइजर (मादक पदार्थ खाए-नखाएको जाँच्ने मेसिन) र एक थान ¥याडरगन (गतिमापन यन्त्र) प्रदान गरेको थियो । यी यन्त्रको उपलब्धताले पनि अहिले झापामा केही हदसम्म सडक दुर्घटनामा कमी आएको ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group