ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोकिएन मूर्ति चोरीको श्रृङखला :राहाप गुम्बाको स्तुपा सहित ४२ थान मूर्ति चोरी


admin
१० कार्तिक २०७५, शनिबार   ४ : १२   बजे

डोल्पा,१० कात्तिक । उपल्लो डोल्पामा रहेका प्राचिन गुम्बाहरुबाट मूर्ति तस्करीको श्रृङखला अझै रोकिएको छैन् । जिल्लाको उत्तरी भेगमा पर्ने उपल्लो डोल्पामा बसोबासगर्दै आएका बौद्धमार्गीहरुको आस्थाका धरोहरु प्राचिन गुम्बाहरुमा राखिएका शताब्दी औँ पुराना ऐतिहासिक मूर्तिहरुको चोरीको श्रृङखला बर्षौदेखि रोकिन नसकेको हो ।

शे–फोक्सुन्डो गाँउपालिका वडा नं ४ नाम्दो गाँउमा पर्ने राहाप गुम्बाबाट एक थान स्तुपा सहित ४२ थान मूर्ति चोरी भएको सोही वडाका अध्यक्ष पेमा वाङ्छेन गुरुङले बताए ।

“गुम्बाका सबै मूर्ति चोरीभयो भन्दै मलाई ६ असोजमा गाँउबाट फोन आएको थियो,कतै गाँउमै कसैले लुकाएका हुनसक्छन्,हल्ला गरे चोरीगर्ने मान्छे भाग्न सक्छ भन्दै प्रहरी मिडिया कसैलाई पनि खबर गरिएन्”अध्यक्ष गुरुङ्गले भने ।

८ असोजमा गाँउलेले गुम्बाको रेखदेखको जिम्मा दिएका कुन्साङ लामा,सोनाम गुरुङ्ग,पेमातोर्चे लामा,थुक्तेन बुढा सहित सहित जनप्रतिनिधिहरु भेला गर्दासमेट कुनैपनि टुङ्गो नलागेपछि आजमात्रै खवर गरिएको हो ।

गुम्बामा मुर्ति असुरक्षित भएको भन्दै गुम्बा नजिकै रहेको एक खाडलमा लुकाईएको थियो,बर्षातले राखिएको ठाँउसम्म जाने बाटो अवरुद्ध गरेको थियो,बाटो सहज भएको केही समयपछि हेर्न जाँदा राखेको ठाँउमा नभेटिएपछि चोरी भएको प्रमाणीत भएको हो ”अध्यक्ष गुरुङ्गको भनाई छ ।

ज्यान असुरक्षितको कारण देखाउँदै गुम्बाका मुख्य पुजारीहरुले गुम्बामा बस्न नसक्ने बताएपछि गाँउलेहरुको छलफलबाट कुन्साङ लामा,सोनाम गुरुङ्ग,पेमातोर्चे लामा र थुक्तेन बुढाको जिम्मा दिएका थियो ।

आस्थाको धरोहरको रुपमा रहेको १४ शताब्धी पुरानो गुम्बाहरुबाट मुर्ती हराएपछि नाम्दोका गाँउलेहरु चिन्तित बनेकाछन् ।उपल्लो डोल्पामा सुरक्षा ब्यबस्था मजबुतहुन नसक्दा प्रत्येक बर्ष मूर्ति तस्करी बडिरहेको अध्यक्ष गुरुङ्गले बताए ।
उपल्लो डोल्पाको चर्चित गुम्बाको रुपमा चिनिएको राहाप गुम्बाट सबै मुर्ती चोरी भएपछि गुम्बानै रित्तिएको छ ।

उपल्लो डोल्पामा मुख्य गुम्बाका रुपमा रहेका शे–गुम्बा,रे गुम्बा,मिखिम गुम्बा,गाँकर गुम्बा,बोन गुम्बा,राहाप गुम्बा सबै चोरी भईसकेका छन् । पछिल्लो तीनबर्ष यतामात्रै उपल्लो डोल्पामा पर्ने राहाप गुम्बा सहित शेलरी सोम्दो, बोन,मिखिम,गाँकर र राहाप गुम्बाबाट ६७थान पुरातात्विक मूर्ति चोरी भएकोमा ४ थान मूर्तिमात्रै बरामत भएको प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको कुरा आजमात्रै जानकारी पाईएकाले जिल्लाका मुख्य नाकाहरुमा चेकजाँच कडाई गरिएको र आईतबार हेलिकोप्टरमा धो पुगेर प्रहरीको टोली अनुसन्धानका लागि घटनास्थलमा जाने जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक अभदेश बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group