रौतहट, १० कार्तिक । रौतहटमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । गुजरा नगरपालिका-४ स्थित कनकपुरमा ना ६ त १८१ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थानका २५ वर्षिय दिपलाल राम मृत्यु भएको हो । कच्ची बाटोमा तिब्र गतिका कारण ट्याकटर दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।
प्रतिक्रिया दिनुहोस्