ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा विमानस्थलको काम तीब्र गतिमा अगाडि बढ्दै,थप जग्गा आवश्यक पर्ने


admin
१५ कार्तिक २०७५, बिहिबार   ३ : २२   बजे

पोखरा,१५ कात्तिक । पर्यटकीय शहर पोखरामा निर्माणधिन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी बढेको छ । निर्माण प्रक्रिया अगाडी बढेसंगै केही जग्गा आवश्यक पर्ने देखिएको छ ।

केही महिना अगाडी पनि केही जग्गा थप गर्नुपर्ने कुरा उठेपनि पर्यटन मन्त्री स्वयं परियोजना स्थलमा आएर कुनैपनि हालतमा जग्गा थप नहुने बताएका भएतापनि पछिल्लो समय फेरी जग्गा थप हुनुपर्ने निर्माण कम्पनीहरुले बताएका छन ।
चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो ।

त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

निजी हवाई कम्पनिले ह्यांगर बनाउन विमानस्थल आयोजनासँग थप जग्गा माग गरिएको र त्यसबाहेक हवाई इन्धन भण्डारणका लागि अहिले छुट्ट्याएको जग्गा अपुग भएपछि आयल निगमले थप जग्गा मागेको छ । निगमका लागि १५ रोपनी जग्गा छुट्ट्याएकोमा त्यसले नपुग्ने भन्दै झन्डै ४० रोपनी जग्गा मागेको छ । त्यसबाहेक हेलिप्याडका लागि पनि जग्गा छैन।

झण्डै दुइ दशक सम्म अलपत्र परेर सन २०१७ को जुलाइबाट चिनिया कम्पनी सिएएमसीले पांच वर्ष भित्रमा विमानस्थल निर्माण सम्पन्न गर्ने गरि निर्माण शुरु भएको विमानस्थल निर्माणको काम हाल सम्म १७ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रिय विमानस्थल निर्माण आयोजना प्रमुख बिनेश मुनाकर्मीले बताए ।

मुनाकर्मीका अनुसार रनवेको सववेको काम सम्पन्न भएको ट्याक्सी वेको सववे सम्पन्न भएको एप्रोनको पनि सववे निर्माण सम्पन्न भइसकेको वे हरुको ७० रनवेको समेत ५ सय मिटर दुर्वतर्फ सववे हरु निर्माण भइसकेको र काम तीब्र गतिमा अगाडी बढेको छ ।

विमानस्थल निर्माणको काम १७ प्रतिशत भौतिक काम भइसकेको, माटो निकाल्ने काम पनि ७० प्रतिशत सम्पन्न भइसकेको वताउदै मुनाकर्मीले टर्मिनल र ड्रोनेजहरुको समेत काम भइरहेकोले वताए । चाइनाको सिएएमसी कम्पनी संग इपीसी मोडेलको कन्ट्रयाक भएकाले भौतिक कामहरु संगै कन्ट्रयाक अनुसार डिजाइनका कामहरुसमेत भइरहेको र तिहार सम्म डिजाइनहरु तयार भएर तिहार पछि कामले तीब्र गति लिने मुनाकर्मीको भनाइ रहेको छ ।

विमानस्थल निर्माणको काम तीव्र गतिमा अगाडी वढिरहेको भएतापनि विमानस्थलबाट जग्गा अधिग्रहण र विमानस्थल वरपर रहेका बासिन्दाहरुका लागी आयोजना कम्पनी र नेपाल सरकारले कुनै वास्ता नगरेको स्थानियको गुनासो छ ।

स्थानियहरुले आफुहरुले विमानस्थलको नाममा जग्गा प्रदान गरेको र त्यतिवेला विमानस्थल निर्माण परियोजना संग एक किसिमको सम्झौता भएतापनि त्यसप्रति निर्माण कम्पनी अथवा नेपाल सरकारले कुनै सुनुवाइ नगरेको उनीहरुको आरोप छ ।

पोखरा १४ चाउथेका स्थानिय बोधराज कार्कीले विमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी बढिरहदाँ आफुहरु खुसी भएको भएतापनि विमानस्थल निर्माण शुरु गर्ने बेलामा आफुहरुसंग भएको सम्झौताहरु कार्यान्वयन नहुदाँ दुख लागेको बताए ।

विमानस्थल निर्माण शुरु गर्ने वेलामा विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने गरी १६ बुंदे सम्झौता भएको भएतापनि हाल सम्म विमानस्थल प्रभावित क्षेत्रमा निर्माणमा सिचाइ, नहर, नाला, पुल, सडक निर्माण जस्ता विकासका कामहरुको बारेमा सम्झौँता भएको भएतापनि हाल सम्म कुनैपनि विकासका काम नभएको कार्कीको भनाइ रहेको छ ।

विमानस्थलको काम अगाडी बढिरहदा विमानस्थल वरपर रहेका स्थानियहरुले भोगेका सास्तीहरुलाई विमानस्थल परियोजना र नेपाल सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group