ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने


admin
१६ कार्तिक २०७५, शुक्रबार   ११ : २१   बजे

काठमाडौं ,१६ कात्तिक । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ आवश्यक पर्ने बताउनुहुन्छ ।

“काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्ने भएकाले सोहीअनुसार कटान र ढुवानी गर्नका लागि समझदारी गरेका हौँ”, महाप्रबन्धक लौडारीले भन्नुभयो । काष्ठमण्डप पुनःनिर्माणका लागि विशेषखालको काठ विशेष ढङ्गले कटान गर्नुपर्ने उहाँको भनाइ थियो ।

काष्ठमण्डप पुनःनिर्माण दुई वर्षमा सक्ने गरी कार्ययोजना बनाएर अगाडि बढिसकिएको पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काठ दाउरा सङ्कलन, चिरान, उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनका लागि दाउरा आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको कर्पोरेशनले भूकम्पबाट भत्केका घर पुनःनिर्माणमा समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बाढीपछि पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक बन्द

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu