ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालगतिबाट गैँडा मर्ने क्रम बढदै


admin
१६ कार्तिक २०७५, शुक्रबार   १२ : ५४   बजे

चितवन, १६ कात्तिक । सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर गैँडा मर्ने क्रम बढेको हो ।

चोरी शिकारलाई झण्डै शून्यमा झरेको भए पनि वर्षेनी २५÷२६ वटा गैँडा कालगतिबाट मर्न थालेपछि कारणको खोजी गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कालगतिबाट अर्नाको मृत्युको कारण खोजी गर्न बनाएको समितिले काम भने थालेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१५ मा गैँडा गणना भएयता हालसम्म ७९ गैँडा कालगतिले मरेका छन् । आव २०७२÷७३ मा १५, आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६ र यस आर्थिक वर्षमा १३ वटा गैँडा कालगतिले मरेका छन् ।

यसै क्रममा २०७२ वैशाखमा एउटा गैँडा चोरी शिकारीले मारेका थिए । ढकालका अनुसार सानो ठाउँमा धेरै गैँडा रहेका कारण कालगतिबाट धेरै मरेको देखिन्छ । निकुञ्जको पूर्व क्षेत्रमा गैँडाको सङ्ख्या केही कम रहेको छ । धेरै गैँडा रहेका पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा सार्न सकिएमा कालगतिबाट मर्नेको सङ्ख्या घटाउन सकिने उहाँले बताउनुभयो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैँडा भेटिएकामा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका थिए । यसैवर्ष पुनः गैँडा गणना गरिँदै छ । त्यसपश्चात् चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लामा पाँच र बर्दियामा तीन गैँडा स्थानान्तरण गरिएको छ ।

चितवनबाटै चीन सरकारलाई चार गैँडा उपहार दिइएको छ । अर्यालले बुढो भएर, बच्चा जन्माउन नसकेर, भाले लाग्ने समयमा भालेले पोथीलाई हानेर पनि गैँडा मर्ने गरेको बताउनुभयो । गैँडाको आयु ४० वर्षको हुने गर्दछ । गैँडाको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि सजिलै गैँडा देख्न सकिन्छ । मध्यवर्ती आसपासका बस्तीमा गैँडा पस्ने समस्या समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group