ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातनाविरुद्धको कानून तीन वर्षदेखि संसदीय समितिमै थन्कियो


admin
२८ भदौ २०७४, बुधबार   ७ : ५७   बजे

काठमाडौँ, २८ भदौ । नेपाल संयुक्त राष्ट्र संघीय यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहारविरुद्धको महासन्धिको पक्ष राष्ट्र भएपछि बनाउनुपर्ने कानून तीन वर्षदेखि थन्किएको छ ।

गृह मन्त्रालयले विसं २०७१ मा व्यवस्थापिका–संसद्मा पेश गरेपछि राज्य व्यवस्था समितिमा छलफलका लागि पुगेको यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ पारित हुन सकेको छैन ।

यो विधेयक समितिअन्तर्गत गठित उपसमितिमा छलफलका क्रममा छ । उपसमितिले ९० प्रतिशत काम सके पनि सरोकार भएको गृह मन्त्रालयको सुझाव नआएकाले अन्तिम रुप दिन नसकेको संयोजक सांसद जीवनबहादुर शाहीले बताउनुभयो ।

 

कार्यान्वयन गर्ने मन्त्रालयको सुझावबिना पारित गर्दा अप्ठ्यारो हुनसक्ने भएकाले केही दिन कुरेर भए पनि अन्तिम रुप दिइने भएकाले सहयोग गर्न उहाँले मन्त्रालयका अधिकारीलाई अनुरोध गर्नुभएको छ । मन्त्रालयका कारण विधेयकलाई अन्तिम रुप दिन समय लागेकाले समितिलाई दोष दिनु नहुने उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरु श्याम ढकाल, लोकमणि ढकाल, रवीन्द्रप्रताप शाह र सन्त राईले उपसमितिले धेरै काम सकेकाले बाँकी काम सिध्याउन विधेयक तयार पार्न मन्त्रालयको सहयोग आवश्यक भएका विचार व्यक्त गर्नुभयो ।

आजको बैठकमा उपस्थित मन्त्रालयकी सहसचिव निर्मला अधिकारीले निर्वाचनको महत्वपूर्ण काममा सक्रिय हुनुपरेकाले विधेयकमा सुझाव दिन ढिला भएको बताउनुभयो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सुवास भट्टराई र रक्षा मन्त्रालयका शाखा अधिकृत किरण महर्जनले विधेयक पारित गर्नका लागि आवश्यक सुझाव दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group