ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहयोगको पर्खाइमा दलित विद्यालय


admin
१८ कार्तिक २०७५, आइतबार   ११ : ०९   बजे

रोल्पा, १८ कात्तिक ।  समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हुँदा सञ्चालनमा समस्या हुँदै आएको हो ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् । अध्ययनरत विद्यार्थी सबै दलित समुदायका छन् भने विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी र एक शिक्षकबाहेक सबै शिक्षक पनि दलित समुदायका छन् ।

विद्यालय समुदायले स्थापना गरेको धेरै समयपछि सरकारले एउटा दरबन्दी दिएको छ । बाँकी तीन शिक्षक र एक कार्यालय सहयोगी समुदायले निजी स्रोतबाट तलब सुविधा दिने गरी भर्ना गरेका छन् । सरकारले उपलब्ध गराएको दरबन्दीमा गैरदलित समुदायका रहे पनि बाँकी सबै शिक्षक र कर्मचरी दलित समुदायका छन् ।

विद्यालयमा शिक्षकले न्यून तलबमा काम गर्न बाध्य भएको विद्यालयका पूर्वशिक्षक भरत नेपालीले जानकारी दिनुभयो । मासिक रु दुई हजार ५०० देखि रु पाँच हजार तलब पाउने गरी विद्यालयको सेवा गरिरहेका नेपालीले बताउनुभयो । लामो समयसम्म न्यून तलबमा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरबन्दी थप्नुपर्ने नेपालीको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य सङ्घ संस्थाले दिने योजनाको बजेट बराबर श्रमदान गरेर बचाएको पैसाले निजी स्रोतको शिक्षक व्यवस्थापन गर्न बाध्य भएका छौँ प्राधानाध्यपक नुमप्रसाद शर्माले भन्नुभयोे ।

दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकबाट सहयोग उठाउने अवस्था छैन् शर्माले भन्नुभयो । गरीबीका कारण जाडो मौसममा लगाउने अतिरिक्त पोशाक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group