काठमाडौं,१८ कात्तिक । शिक्षामा सुधार ल्याउनको लागि लगानी आवश्यक रहेको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले बताएका छन ।
ईडियु कार्यक्रमको शैक्षिक कुरामा बरालले लगानी विना शिक्षामा सुधार गर्न नसकिने बताएका हुन ।
सरकारले शिक्षामा आमुल परिवर्तन गर्न विभिन्न योजना बनाएको भएपनि लगानीको अभावले योजना प्रभावित बनेको उनको भनाई छ । सरकारले शिक्षामा १० प्रतिशत बजेट छुटटाएपनि बजेट पर्याप्त नहुदा सरकारको योजनाले काम गर्न नसकेको हो । संघिय प्रणाली अनुसार शिक्षामा गुणस्तरीय शिक्षा लागु गर्र्न सरकारले विभिन्न रणनिति तथा योजना बनाएको छ ।
संघिय प्रणालीमा शिक्षा निति , गुणस्तरीय शिक्षा , दक्ष र सक्षम शिक्षक , विद्यालयको भौतिक र शैक्षिक सामाग्रीको पर्याप्ता , सामुदायिक र निजि विद्यालविच देखिएको असमानता , उच्च शिक्षाको अवस्था लगायत समग्र शिक्षाक्षेत्रमा परिवर्तन गर्न सरकारले कसरत गरिरहेको बताएको छ । साथै प्रविधियुत्त शिक्षा प्रणाली लागु गर्न लागी परेको छ ।
दक्ष र विषयबस्तुप्रति ज्ञान भएका शिक्षक उत्पादनमा समेत मन्त्रालयले ध्यान दिएको छ । निजि र सार्वजनिक विद्यालयमा देखिएको खाडललाई पुर्दै विद्यार्थीहरुका शिक्षण सिकाई प्रभावकारी बनाउन सरकार लागी परेको बरालले बताए । सामुदायि विद्यालयप्रति घटदै गएको विद्यार्थीको मोहलाई बढाउनको लागि छात्रबृति , दिवा खाजा लागयतका विविध कार्यक्रम राखेको बरालले बताए ।
सामुदायिक विद्यालयलाई मजबुत बनाउनको लागी पर्याप्त लगानी र दक्ष शिक्षकबाट पठनपाठन अनिवार्य हुनुपर्ने उनको बुझाई छ । अभिावक र विद्यार्थीहरुमा देखिएको अन्योलतालाई हटाउन शैक्षिक गतिविधी र भौतिक संरचना मुख्य आकर्षक भएको बराले टिप्पणी गरेका छन ।
स्थानिय तहका देखिएको कर्मचारी अभाव र निति नियम समयमा नबन्दा शिक्षमा समस्याको चाङ बढदै गएको उनले बताएका छन । शिक्षामा देखिएको समस्यालाई समाधान गर्न सरकारले १५ औं पञ्चवर्षिय योजना पनि ल्याउन लागेको बरालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्