ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कला सिर्जनाका धनी मल्ल किन परे ओझेलमा


admin
१८ कार्तिक २०७५, आइतबार   १२ : ५३   बजे

धनगढी, १८ कात्तिक । दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ ।

डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आउनुभएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा पर्नुभएको हो ।

विद्यालय अध्ययनकै क्रममा चार दशकअघि रचना गरी गाउँठाउँमा अभिनय गरिएको मल्लको ‘दशैँ हो कि दशा’ नाटक नै डोटेली भाषाको सम्भवतः पहिलो नाटक हो । बडादशैँमा फजुल खर्च गर्ने प्रवृत्तिबाट समाजमा परेको प्रभावप्रति तिखो व्यङ्ग्य गर्दै दशैँको मौलिकता जोगाउने सन्देश दिइएको यो नाटकले तत्कालीन समयमा एकाएक चर्चा बटुलेपछि नाटक रचेर अभिनय गर्ने हौसला उहाँमा बढाइदिएको थियो ।

समाजका विकृति, विसङ्गति, अशिक्षा विरोधी सन्देशमूलक नाटक लेखेर समाजको चेतना अभिवृद्धिमा ठूलो गुन लगाउनुभएका मल्लले ‘छोरीले पनि पढे छोराले झैंँ ठूलो काम गर्न सक्छ’ नामको अर्को नाटक रचना गर्नुभयो । आफ्नो सिर्जनालाई निरन्तरता दिँदै गर्दा कैलालीको चौमालामा रहेको विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गर्ने अवसर उहाँलाई मिल्यो । त्यस क्रममा पनि एचआइभी एड्ससम्बन्धी चेतनामूलक सन्देश दिइएको ‘लाहुरेको सम्पति’ नामको उहाँको अर्को नाटक रचना र अभिनयले ‘लाहुर’ जानेहरुलाई सचेत बनाएको थियो ।

सशस्त्र युद्धको त्रास जताततै बढ्दै जाँदा देशले भोगिरहेको पीडा दर्शाउने र शान्ति बहाली गर्ने सन्देश दिएर मल्लद्वारा रचिएको ‘शान्तिकी आमा’ शीर्षकको अर्को नाटक प्रदर्शनले तत्कालीन समयमा त्रासमा बाँचेकाहरुलाई कुनै न कुनै रुपमा शान्तिको अनुभूति मिलेको थियो । “यो नाटक प्रदर्शन हुँदा अहिले पनि शान्ति र आपसी सद्भाव, एकताको भावना फैलाएको अनुभूति गर्ने गरेको छ”, नाटकको कथावस्तुको अध्ययन गरेका स्थानीय हर्कबहादुर बोहराले भन्नुभयो ।

भाषा, लोक–संस्कृतिको संरक्षण सम्बद्र्धनमा अनुकरणीय योगदान पु¥याए पनि उहाँ समाज र राष्ट्रबाट पाउनुुपर्ने उचित सम्मानबाट भने अझैँ टाढा हुनुहुन्छ । आफैँ लगानी गरेर नाटकको सिर्जना र अभिनय गरेका ५३ वर्षीय मल्ललाई यतिबेला आर्थिक अवस्था कमजोर हुँदा जीवन निर्वाह गर्न समेत धौधौ भएको छ ।

नेपाली समाजको मौलिकता प्रस्तुत गर्ने नाटक लेखन र प्रस्तुति शुरु गरेर सुदूरपश्चिममा कुनै समयमा अब्बल नाटककारको ख्याती कमाएका मल्लको सिर्जना ओझेलमा पर्दा साहित्यकर्मी निराश छन् । “सुदूरपश्चिमेली समाजमा हुने घटनालाई टपक्क टिपेर बेजोड प्रतिभाको नाटक रचना गरी अभिनय गर्ने कला मल्लसँग छ, साहित्यकार टोपेन्द्र शाहले भन्नुभयो, तर उहाँको प्रतिभाको कदर, उचित सम्मान र प्रचारप्रसार हुनसकेको छैन ।”

उसो त पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको मौलिकता दर्शाउने नाटकहरुको महत्व र आवश्यकता अहिलेका पिँढीमाझ घट्दै गएकाले पनि सर्जकहरुको सिर्जनाले उचित स्थान नपाएको भन्नेहरुको पनि कमी छैन । मल्ल सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान बोकेको लोकप्रिय ‘गौरी चलचित्र’का निर्माता हुनुहुन्छ । सुदूरपश्चिमको सामाजिक परिवेशमा एउटा महिलाले भोग्नुपरेको पीडाका साथै सामाजिक विकृति, विसङ्गतिविरुद्ध सन्देश दिइएको यो चलचित्र निकै चर्चित पनि छ ।

सुदूरपश्चिममा विद्यमान पुरानो दमन नीति, छाउपडी, जातीय विभेद, हली प्रथा, चेलीबेटी बेचविखनजस्ता कुरीतिविरुद्ध चेतना अभिवृद्धि गराउन यो चलचित्र सफल भएको चलचित्रको अवलोकन गरेकाहरु बताउँछन् ।

“मल्ल स्कूले जीवनदेखि नै नाटकको रचना गर्ने, साथीभाइलाई भेला गराएर आफैँ मुख्य अभिनयकर्ता भएर नाटक मञ्चन गर्नेजस्ता क्रियाकलापमा लागिरहनुहुन्छ, साहित्यकार यज्ञराज यात्रीले भन्नुभयो, “डोटेली भाषाको नाटक र चलचित्र क्षेत्रलाई उचाइमा पु¥याएर भाषा, साहित्य, कलामा योगदान पु¥याउँदा पनि समाज र राष्ट्रले सम्झिनसकेको छैन ।”

सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई हटाउन आफ्ना रचनामार्फत खरो उत्रिनुभएका कलाकार मल्ल पछिल्लो पटक आर्थिक अभावकै कारण आफ्नो नाट्यकलामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता पनि व्यत्त गर्नुहुन्छ ।

“समाजको उन्नति, प्रगतिका लागि भनेर घरको अचल सम्पत्ति बैंकमा धितो राखेर जोहो गरिएको रकमबाट चलचित्र निर्माण गरियो, मल्लले गुनासो गर्नुभयो, नाटक र चलचित्रको रचना र अभिनय गर्दागर्दै घरको सम्पत्ति सकिँदासम्म पनि कसैले सम्झिएन ।” पछिल्लो पटक उहाँ सुदूरपश्चिम प्रदेशमा व्याप्त जातीय छुवाछूतविरोधी चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group