बझाङ १८ कात्तिक । गत बिहीबार सदरमुकाम नजिकै रहेको सेती नदीमा नुहाउने क्रममा बेपत्ता सशस्त्र प्रहरी जवानको शव गोता खोरद्वारा निकाल्ने प्रयास थालिएको छ ।
नेपाली सेनाको, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले निकाल्न नसकेपछि सोलुखुम्बुबाट दुई जना, अत्तरियाबाट पाँच जना गोताखोरको टोली बझाङ आएको हो ।
नदीमा रहेको धेरै गहिरो ताल भित्रको ढुङ्गामा शव अड्किएको हुनाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले निकाल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
गत बिहीबार दिउँसो १ः३० बजेको समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ वर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।
गत कात्तिक १३ गत जिल्लाको शान्ति सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीको टोली बझाङ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्