ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको आम्दानीको स्रोत झिनियाँ


admin
२० कार्तिक २०७५, मंगलबार   २ : २०   बजे

 

 पाल्पा, २० कात्तिक ।  तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ ।

तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय अपनाएका छन् ।

पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट मनग्य कमाइ गर्न सफल भएका छन् । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढङ्गले झिनियाँको व्यापार गर्दै आएको रामपुर नगरपालिका–५ राङभाङकी मैयाँ श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठले यो व्यवसाय आजभन्दा ११ वर्ष अघिदेखि निरन्तर रुपमा गर्दै आउनुभएको छ । उहाँलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ । श्रेष्ठले विशेष गरी तिहार पर्वका बेला यसको बिक्रीबाट रु डेढ लाखसम्म आम्दानी गर्नुहुन्छ । “जब तिहारको चहलपहल शुरु हुन थाल्यो तब झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । अन्य बेला पनि व्यापार निरन्तर भइरहन्छ तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्याइनभ्याइ रहेको श्रेष्ठले भन्नुभयो ।

“लगानी खेर जान्छ कि भन्न नपर्ने, घरायसीधन्दा सँगसँगै दिनहँु यसको बिक्रीबाट राम्रो आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो । अहिलेसम्म करीब ४० क्विन्टल जति तिहारका लागि मात्र बिक्री गरेको र ५० क्विन्टलसम्म बिक्री हुने अनुमान उहाँको छ । गत वर्ष रु डेढ लाखसम्म कमाइ गर्नुभएकी श्रेष्ठले यस वर्ष करीब रु दुई लाख जति कमाइ हुने आशा गर्नुभएको छ । अहिले दैनिक ३०० दर्जन बढी झिनियाँ बिक्री गर्नुहुन्छ ।

रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारी बस्ने लक्ष्मी श्रेष्ठ पनि तिहारका लागि झिनियाँ बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । यसबाट राम्रै आम्दानी हुन थालेपछि बिगत तीन वर्षदेखि व्यावसायिकरुपमा यसको व्यापार गर्दै आएको उहाँ बताउनुहुन्छ । तिहारमा उहाँले झिनियाँ बिक्रीबाट साढे दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पु¥याउनै सकिएको छैन” उहाँले भन्नुभयो । तिहारका बेला माग बढ्ने हँुदा महिला कामदार राखेर झिनियाँ बनाउन थालेको बताउँछन् ।

यहाँ उत्पादन भएको झिनियाँ रामपुर बजारका अलावा पाल्पाका विभिन्न स्थानीय बजार, स्याङ्जा, तनहुँ, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । करीब २५÷३० हजारको लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि महिलाका लागि यो व्यवसाय आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । यहाँ उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पीठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने यो हिजोआज भने अन्य समयमा पनि बिक्री हुने गरेको पाइएको छ ।

जनजाति वर्गको शुभकार्य तथा पूजाका समयमा अनिवार्यजस्तै भएको झिनियाँ पछिल्लो समयमा सबै वर्ग, सबै जातजातिमा प्रयोग हुन लागेपछि यसको मागसमेत बढ्दै गएको हो । चामलको पीठोबाट सामान्य यन्त्रको प्रयोगबाट बनाइएको झिनियाँ घामको तातोमा सुकाएर तयार गरिन्छ । यस कार्यमा पुरुषको तुलनामा महिलाले बढी अग्रसरता देखाउँदै कुटिर उद्योगका रुपमा झिनियाँ रोटी बनाउने गरेका छन् ।

झिनियाँ बनाउने सीप र प्रविधि स्थानीय नै हो । त्यसलाई आवश्यक पर्ने कच्चापदार्थ चामलको पीठो पकाएर तातो पीठो यन्त्रमा राखेर बनाइने झिनियाँ जिल्लामा छरिएर रहेका व्यवसायीले तिहार पर्वको अवसरमा मात्रै झण्डै दुई करोडभन्दा बढीको निर्यात गर्दै आएका छन् ।

तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजपर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group