ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर उपमहानगर : पुराना नेतादेखि व्यापारीसम्म चुनावी मैदानमा


admin
२९ भदौ २०७४, बिहिबार   १२ : २२   बजे

धनुषा, २९ । असोज दुई गते स्थानीय तहको निर्वाचन हुने दुई नम्बर प्रदेशको जनकपुर उपमहानगर सबै दृष्टिणको महत्वपूर्ण छ । ऐतिहासिक–धार्मिक दृष्टिकोणले मात्र होइन, राजनीतिक पेष्टभूमीको आधारमा पनि जनकपुर महत्वपूर्ण छ । त्यति मात्र होइन, देश संघीयतामा प्रवेश गरिसकेपछि जनकुरलाई दुई नम्बर प्रदेशको राजधानी बन्न सक्ने सम्भावना बोकेको स्थानीय तहको रुपमा हेरिएको छ । त्यसैले, जनकपुर सबै राजनीतिक दलका प्रतिष्ठाको थलो बनेको छ । मधेसी दलको पकड क्षेत्र मानिए पनि दुई नम्बर प्रदेशमा अन्य दल कमजोर छैनन् । तीन ठूला दल सहित साना दलका उम्मेदवार पनि जनकपुराका लागि बलिया प्रतिस्पर्धी हुन । त्यसैले जनकपुराको प्रतिस्पर्धा निक्कै रोचक हुने निश्चित छ । चुनावी मैदानमा रहेको सबै उम्मेदवार आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

मधेस अन्दोलनको केन्द्र भएकाले दुई नम्बर प्रदेशको धनुषा स्वभाविक मधेसी दलको प्रतिष्ठाको जिल्ला मान्नु पर्छ । मधेसी दलको पकड खोस्ने अन्य दलको तयारी सामान्य छैन । सबै दल निर्वाचन जित्न बेजोड लागिपरेका छन् । धनुषामा १ उपमहनगरपालिका सहित १० नगरपालिका र ७ गाउँपालिका छन् । यी सबै स्थानीय तह सबै राजनीतिक दलका लागिका उत्तिकै महतवपूर्ण हुन । तर, राजनीतिक दलका लागि धनुषाको जनकपुर उमहानगरपालिका प्रतिष्ठाको स्थानीय तह बन्न पुगेको छ । प्रदेश नम्बर २ को राजधानी बन्ने प्रबल सम्भावना रहेको जनकपुरमा जित हासिल गर्न सबै दल लागिपरेका छन् । सबै दलका लागि प्रतिष्ठाको नगर बनेको जनकपुरलाई नेतृत्व गर्न चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवार कमजोर छैनन् । सबै दलको पृष्टभूमी बलियो छ । सबै उम्मेदवार स्थानीय तहमा स्थापित नेतृत्व हुन ।

जनकपुरमा मेयर उम्मेदवार यस्ता छन् :

नेपाली कांग्रेसले जनकपुर उपमहानगरमा युवा नेता मनोजकुमार साहलाई मेयरको उम्मेदवार बनाएको छ । जनकपुर सभापति समेत रहेका मनोज विद्यार्थी कालदेखी नै कांग्रेसमा आवद्ध हुन । जनकपुरमा क्षेत्रमा स्पापित मनोजलाई कांग्रेसले बलियो उम्मेदवारको रुपमा जनकपुरको मेयरको उम्मेदवार बनाएको छ । सामाजिक तथा आर्थिक रुपमा सवल मनोज आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

नेकपा एमालेले जनकपुर उपमहानगरमा मेयरको पूर्व कर्मचारी लक्ष्मीनारायण भगतलाई मेयरमा अघि सारेको छ । कृषि अधिकृतको रुपमा लामो समय जागिर खाएका लक्ष्मीनारायण जागिरे हुँदा पनि राजनीतिमा सक्रिय थिए । मेयरका अन्य आकंक्षीहरुलाई उछिनेर उम्मेदवार बनेका लक्ष्मीनारायण आफ्नो जितबारे यस्तो दावी गर्छन् ।

 

 

नेकपा माओवादी केन्द्रले जनकपुर उपमहानगरको मेयरका रुपमा व्यवसायी चन्द्रशेखर साहलाई अघि सारेको छ । माओवादी शान्ति पक्रियामा आएपछि माओवादीमा आवद्ध भएका साहलाई पनि जनकपुरमा बलियो उम्मेदवार मानिएको छ । जनकपुरलाई समृद्ध बनाउने आफ्नो योजना कार्यान्वयनका लागि पनि आफुले जित्नुपर्ने उनको दावी छ ।

 

 

दुई नम्बर प्रदेशमा बलियो मानिएको राष्ट्रिय जनता पार्टीले जनकपुरमा पुरना नेता लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । लामो समयदेखी मधेस राजनीतिमा सक्रिय लालकिशोर स्थानीय तहमा स्थापित नेता मानिन्छन् । यसअघि नै जनकपुरमा उपमेयर बनिसकेका लालकिशोरलाई पनि बलियो उम्मेदवार मानिएको छ । जनकपुरमा मधेस आन्दोलको नेतृत्व गर्दै आएका लालकिशोर आफुले जसरी पनि जित्ने दावी गर्छन ।

 

 

जनकपुरमा संघीय समावादी फोरम नेपालले विष्णुदेव साहलाई मेयरको उम्मेदवार बनाएको छ । विष्णुदेव मुलत व्यवसायी हुन । तर, मधेस आन्दोलनका सक्रिय नेतृत्व पनि हुन । संघीय समाजवादीको समेत राम्रो क्षेत्र मानिएको जनकपुरमा मेयरका उम्मेदवार बनेका विष्णुदेव पनि आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले जनकपुरमा होटल व्यापारी हंसजार साहलाई चुनावी मैदानमा उतारेको छ । हंसराज साहलाई कम समयमा राम्रै आर्थिक विकास गरेका व्यवसायीको रुपमा चिनिन्छन् । आफु मेयर निर्वाचित भए सरकारले दिने तलबभत्ता नलिने घोषणा गरेका साह आफ्नो जित कसैलो रोक्न नसक्ने बताउँछन् ।

 

जनकपुरमा रामप्रपा पनि बलियो प्रतिस्पर्धी दल मानिएको थियो । चुनावकै मुखमा विभाजन भएपछि राप्रपा कमजोर भएको व्याख्या हुन थालेको छ । जनकपुरमा दुबै राप्रपाले महिला उम्मेदवारलाई मेयरको रुपमा अघि सारेका छन् । राप्रपा नेपालले राजकुमारी साहलाई अघि सारेका छ भने प्रजातन्त्रिकले रुपाकुमारी ठाकुरलाई उम्मदेदवार बनाएको छ । राप्रपा नेपालबाट मेयरको उम्मेदवार बनेकी राजकुमारी आफु कमजोर उम्मेदवार नरहेको बताउँछिन् ।

 

 

चुनावी मैदानमा रहका सबै उम्मेदवारले जनकपुरको विकासलाई मुख्य एजेण्डा बनाएका छन् । त्यति मात्र होइन, जनकपुरलाई दुई नम्बर प्रदेशको राजधानी बनाउने प्रतिवद्धता कसैले छुटाएका छैनन् । तर, निर्वाचन कुनै उम्मेदवारले दावी गरेजस्तो सहज हुँदैन । स्थानीय स्तरमा राम्रो छवि बनाएका उम्मेदवार नै आम मतदाताको रोजाइमा पर्ने कुरामा दुईमत छैन ।

जनकपुरलाई नेतृत्व गर्न अग्रसर मेयरका सबै उम्मेदवारले समृद्ध जनकपुरको नारा अघि सारेका छन् । चुनावी मैदानम रहेका सबै उम्मेदवारको चुनावी एजेण्डा आकर्षक छ । तर, चुनावको बेला बनाएको आकर्षक घोषणापत्र या नाराकै भरमा आम नागरिकले मतदान गर्छन भनेर ढुक्क हुने कुनै आधार छैन । आम नागरिक र राजनीतिक दलका नेता कार्यकर्ताबीचको सम्बन्ध अपेक्षाकृत राम्रो छैन । राजनीतिक दलका नेता कार्यकर्ताले आम नागरिकसँग कुनै न कुनै रुपमा विश्वास गुमाइसका छन् । त्यसैले, आम नागरिकले नराम्राहरुबाट राम्रो नेतृत्व छान्न प्रयत्न गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

चिनियाँ कार उद्योगको विदेशमा आक्रामक विस्तार, घरेलु बजारमा भने बिक्री सुस्त

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

कांग्रेसको आर्थिक नीति समयानुकूल परिमार्जन गर्न डा. महतको प्रस्ताव

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu