काठमाडौं, २९ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयोत्सव मनाउन मात्र मधेस झर्ने बताउनु भएको छ ।
एबीसी न्यूजको कार्यक्रम आउट लुकमा विषेश कुराकानी गर्दै अध्यक्ष ओलीले मधेसमा पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्दै आफु विजयोत्सव मनाउन जान लागेको बताउनु भएको छ ।
मधेसको हिमायती ठान्ने कुनै पनि दल मधेसी नागरिकको पक्षमा नरहेको समेत अध्यक्ष ओलीले बताउँनु भएको छ । आफैले संविधान संशोधन फेल गराएर कांग्रेस–माओवादी र मधेसी दलले मधेसी नागरिकको विपक्षमा काम गरेको आरोप समेत लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्