ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय मौसम शुरु भएसँगै पर्यटकको चहलपहल बढ्न थाल्यो


admin
३० भदौ २०७४, शुक्रबार   ७ : ४८   बजे

फलेवास (पर्वत), ३० भदौ । विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये पर्ने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकीय मौसम शुरुआत भएसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ ।
भूकम्पलगायत कारण खस्केको पर्यटन व्यवसाय विगतको तुलनामा भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्न थालेपछि व्यवसायी उत्साहित बनेका छन् । यस वर्षको पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि आउने पर्यटकको संख्या बढ्न थालेको हो । प्रायःजसो सेप्टेम्बर र अक्टोबर महिनामा विदेशी पर्यटकको भीड लाग्ने भएकाले सेप्टेम्बरको सुरुदेखि नै पर्यटकीय चाप बढेर गएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुलबाट शुरु हुने सो पदयात्रा मार्गमा वार्षिक हजारौंँ विदेशी पर्यटकले पदयात्रा गर्ने गरेका छन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा यस याममा दैनिक तीन सयदेखि पाँच सयसम्मले भ्रमण गर्ने गरेका छन् । यस वर्ष अत्यधिक वर्षाका कारण पर्यटक आउन समेत कम भएको टान वीरेठाँटीका सोना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षभन्दा पर्यटकको संख्या बढेको भए पनि वर्षाका कारण पर्यटक सोचेजस्तो नभएको बताउनुभयो । नयाँपुलबाट शुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ्ग, अन्नपूर्ण आधारशिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ्ग पनि पुग्ने गर्छन् ।


पदयात्रा मार्गमा स्पेनी जर्मनेली, बेलायतीलगायत युरोपेली मूलका पर्यटक अत्याधिक आउने गरेका छन् । अमेरिकी, क्यानडालीका साथै कोरियाली, जापानी, चिनियाँलगायत एशियाली मुलुकका पर्यटकसमेत आउने गरेका छन । पछिल्ला वर्षमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन् भने दोस्रोमा कोरियाली पर्यटको संख्या पर्छ ।

दुर्लुङ्गमा छाँगारोहण हुँदै 
साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभीर झरनामा संचालन हुने भएको छ ।
मिनोरम खोला र बाह्रैमास एकै किसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ संचालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्ष्य गर्दै धौलागिरिमै पहिलो पटक क्यानोनिङको तयारी गरिएको संचालक उद्धिमबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
क्यानोनिङ्गका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भैसकेको र दशैँलगत्तै संचालनमा ल्याउने तयारी गरिएको छ । सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ्ग बस्तीको बाहुल्य छ । स्थानीय चनौटेमा घरबास विस्तार र महभीर खोलामा क्यानोनिङ एकै पटक शुरु गरिने गुरुङले जानकारी दिनुभयो । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ्ग सडकको व्यवस्था छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे २ घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने गुरुङ्गको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu