ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेषनारायण मन्दिरमा दर्शनार्थीको भीड


admin
३ मंसिर २०७५, सोमबार   १० : ५४   बजे

काठमाडौं,३ कात्तिक । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।

काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।

उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताउनुभयो ।

काठमाडौँबाट करीब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिर हाल दक्षिणकाली नगरपालिकामा पर्दछ । काठमाडौँ उपत्यकाको चार नारायणमध्ये शेषनारायणलाई प्रसिद्ध धार्मिक स्थलकारुपमा लिइएको छ ।

शेषनारायणको उत्पत्तिका कारण यही नै हो भन्नेबारे प्रष्टता छैन, यसको महत्वबारे विभिन्न किंवदन्ती पाइन्छ । शीतल अनि शान्त वातावरणमा रहेको उक्त मन्दिरलाई बौद्ध धर्मावलम्बीले पनि सम्मान प्रकट गर्दै विशेष महत्वका साथ दर्शन गर्ने गरेका छन् ।

बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएको छ । हिन्दू धर्मावलम्बीले हरिशयनी एकादशीका दिन रोपेको तुलसीको पूजासमेत आजको दिनमा गर्ने चलन छ । अन्य नारायणका मन्दिरमा पनि आजको दिनमा धार्मिक गतिविधि तथा चहलपहल हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group