ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुटबल प्रतियोगितामा आर्मी क्लब विजयी


admin
७ मंसिर २०७५, शुक्रबार   ६ : १७   बजे

काठमाडौं,७ मङसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो । आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औँ मिनेटमा एक गोल गरेका थिए । सो गोल आर्मी क्लबको जितमा निर्णायक बन्यो ।

मध्याह्नअघिको अन्तिम मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । निरकुमार राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार गोल पोष्टको केही माथिबाट बाहिरिएको थियो ।

खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरे पनि रेफ्री नवीन्द्र महर्जनले त्यसलाई नकारेका थिए । पुलिसका केही खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केही तनावग्रस्त बनेको थियो ।

जितसँगै आर्मी क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आर्मीको तीन खेलमा दुई जित र एक बराबरीसँगै सात अङ्क छ । जारी लिगमा पुलिसले पहिलो हार ब्योहोरेको छ । पुलिसको तीन खेलमा एक जित, एक हार र एक बराबरीसँगै चार अङ्क बनाएको छ । जितसँगै आर्मीले जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीसामु प्रहरीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।

अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group