ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे ६ अर्ब रुपैया घोटालाबारे सरकार र निगमको दिएन स्पष्ट जवाफ


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   १० : ३०   बजे

काठमाडौं, ११  मंसिर ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुुइवटा नया वाइडबडी जहाज खरीद गर्दा ठुलो आर्थिक चलखेलको भएको बिवादले राष्ट्रिय बहसको रुप लिएको छ । निगमले करिब २४ अर्ब रुपैयामा वाइड बडी जहाज खरिद प्रकरणमा साढे ६ अर्ब रुपैया घोटाला भएको संसदको लेखासमितिको ठहर छ ।

नेपाल बायुसेवा निगमको गिर्दाे साखलाई माथि उठाउनका लागि नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किन्यो । २४ अर्ब रुपैंयाभन्दा बढीमा जहाज किन्दा ठुलो घोटला भएको भएको भन्दै नेपाल बायुसेवा निगम यति बेला बिवादको केन्द्रमा छ ।

अर्बौं रकमको जहाज खरिद गरेको बाइडवडीको ग्लोवल टेन्डरदेखि ल्याउने प्रक्रियासम्म देखिएको चलखेलका कारण अनिमियता भएको आंशंका गरिएको छ । वाईडवडी खरिदमा चरम भ्रष्टाचार भएको भन्दै प्र्रतिनिधीसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठकमा वाईडवडी खरिद गर्दा सिधै उत्पादकसंग सम्झौता एवं कारोवार नगरेर विचौलिया कम्पनीसंग गरिएको, विमान खरिद प्रस्तावमा उल्लेख गरिएको प्रावधान विपरित खरिद गरिएको भन्दै समितिका सदस्यहरु छानबिनको माग गरेका छन

विमान खरिदमा भ्रष्टाचार गरेर निगमलाई धरासायी बनाउने काम भएको भन्दै संसदहरु निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारस“ग अक्रोसित बनेका थिए । यता निगमले वार्डड वडी खरिदमा आर्थिक चलखेल भएको दाबी गर्दै कंसाकारले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरेर विधिसम्बत विमान खरिद गरिएको बताएका छन । उनले आर्थिक लेनदेन नभएको भन्दै भष्टाचार भएको भए प्रमाणित गर्न चुनौति समेत दिएका छन् ।

नेपाल वायुसेवाका महाप्रवन्धक कंसाकारले विमान खरीद प्रक्रिया र विमानको स्वामित्वबारे सार्बजनिक लेखा समितिलाई चित्तबुझ्दो प्रमाण दिन नसकेको समितिका सदस्यहरुको भनाइ छ । तर निगमले बिमान खरिद सम्बन्धमा केही प्रमाण सञ्चार मँध्यममा आएका छन । यद्यपि ती प्रमाणले सार्बजनिक लेखा समितिले उठाएका प्रश्नको जवाफ दिन सकेको देखिंदैन । चरम राजनीतिक हस्तक्षेप र धेरैको कमाउने भा“डाको रुपमा प्रयोग गरिदै आएको कारण नेपाल वायुसेवा निगम अहिले पनि घाटामा चलिरहेको छ । गत साता निगमको आर्थिक अवस्था नाजुक भएको भन्दै श्वेतपत्र जारी गर्दै सरकारस“ग २० अर्ब रुपैया मागिए पनि अर्थ मन्त्रालयले निगमलाई थप रकम दिन अस्वीकार गरेको छ ।

निगमको दुरावस्था र वाइडवडी खरीद प्रकरणबारे पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले समेत अहिले सम्म स्पष्ट जवाफ दिन नसकेका छैनन । उनी समेत बिमान खरिद प्रकरणबारे अनभिज्ञता देखाउदै दोषी देखिए कारवाही गर्ने बताउ“दै आएका छन ।

यता निगमलाई माथि उकास्न किनिएको वँइडवडी किनेको भएपनि उचित गन्तब्य पाउन नसक्दा थप ऋणभार थपिने गएको छ । निगमले जहाजमा खरिद प्रक्रियामा पारदर्शी देखाउने नसक्दा सबैले निगमप्रति औला उठाउन सकेका हुन । टेन्डर प्रक्रिया देखि भित्राउने प्रत्रियामा सम्म भएको सेटिङको कारण बिमान खरिदमा भएको अनिमियता अहिलेसम्म बाहिर आउन सकेको छैन । नेपाल वायुसेवाले ल्याएको जहान खरिद प्रक्रियामा संसदीय समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu