ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बल मिच्याइ तरिकाले द्रूतमार्ग निर्माण गरेकाे भन्दै स्थानीयहरु अान्दाेलित


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   १० : ४५   बजे


काठमाडौं,११ मंसिर ।  नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–निजगढ द्रूतमार्ग आयोजना बेला बेला विवादमा आउने गरेको छ । विवादमध्ये द्रूतमार्गमा पर्ने ललितपुरको खोकना र बुङमति क्षेत्रको विषय पनि हो । काठमाडौं उपत्यकाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त क्षेत्रमा स्थानीयस“गको सहमति विपरीत निर्माण कार्य अघि बढाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

ललितपुरस्थित खोकना र बुङमतीबासीले राष्ट्रिय गौरवको काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसग माग गरेको छ । ऐतिहासि, सांस्कृतिक तथा धार्मिक धरोहरको रुपमा रहेको खोकना र बुङमती क्षेत्रमा सरकारले बल मिच्याइ तरिकाले द्रूतमार्ग निर्माण कार्य अघि बढेको भन्दै स्थानीयहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

द्रुतमार्ग, बाहिरी चक्रपथ, १ सय ३२ केभी विद्युत् प्रशारण लाईन र सांस्कृतिक शहर निर्माण गर्ने सम्बन्धमा आफुहरुसंग भएको पूर्व सहमति विपरित सरकारले बल मिच्याई गर्ने काम गरेको भन्दै स्थानीयबासी आक्रोशित छन् । उचित मुआब्जा लगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले दू्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन राज्य व्यवस्था तथा सुशासन समितिसग माग गरेका हुन् ।

खोकना क्षेत्र समेत समेटिएको वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण नगरी दू्रतमार्ग निर्माण सुरु गरिएकोमा आपत्ति जनाए । स्थानीय जनताको मागको सम्बोधन नभई दू्रतमार्ग निर्माणको काम अघि नबढाउन समिति र सरकारकलाई आग्रह गरेको उनले बताए ।

खोकना र बुङमतिका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै द्रुतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् । तर, आफुहरुको माग सम्बोधन गर्नुको सट्टा धम्क्याउने काम भएको भन्दै स्थानीयहरुले आक्रोशित छन् । विभिन्न राजनीतिक दल र सरोकारवाला पक्ष समक्ष पटक पटक यस विषयमा कुरा राख्दा समस्या समाधानको प्रतिवद्धता व्यक्त गरेर पनि पुरा नगरेको भन्दै दुखेसो पोखे ।

स्थानीयको गुनासो आएपछि राज्य व्यवस्था तथा सुशासन समितिले सो क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगनका क्रममा समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागबारे विस्तुत जानकारी लिएपछि सरकारलाई सो द्रुतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने आश्वासन दिएकी छन् ।

यस क्षेत्रकी प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था समितिकी सदस्य पम्फा भुसालले खोकना र बुंगमतिको संरक्षण गरी संरचना बनाउन भएको सहमति विपरित रातारात डोजर लगाई बलमिच्याई गर्ने काम भएका भन्दै असन्तुष्टि पोखेकी छन् । उनले सांस्कृति महत्वका धरोहरलाई जोगाएर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने भुसालको बताए ।

नागरिकलाई विकास चाहिएको छ । सरकारले नागरिकको उक्त चाहनालाई पूरा गर्न विकास निर्माणको काम अघि बढाउ“दै आएको छ । तर, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको नामेट गरी गरिएको विकास भने मुलुकको हितमा हुन सक्दैन । तसर्थ विकास निर्माणका क्रममा यस्ता धरोहरका संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group