ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार देश बनाउनका लागि हो जुम्रा मार्न र सिन्को भाँच्नका लागि हाेइन – प्रधानमन्त्री ओली


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   ३ : ५९   बजे

काठमाडौं, ११  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो’, उहाँले भन्नुभयो, ‘यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’

सरकार खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले अझै देख्नु भएन भनेर प्रतिप्रश्न पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ’, उहाँले भन्नुभयो ।

केही दिनमै जता हेर्यो त्यतै सरकार देखिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची काठमाडौं आउँछ त्यसले अर्को जवाफ दिन्छ सरकार कहाँ छ भन्नेहरुलाई । बाटोमा धुलो उड्न कम भएको छ । काठमाडौंको धुलो बढारिन्छ, धोइन्छ अनि थाहा पाउनुहुनेछ सरकार । कलंकी नागढुंगा सडक वर्षौँदेखि बनेको थिएन तर अहिले जानुस् धमाधम बन्दै छ । अब त जता फर्क्यो त्यतै सरकार देख्न थालेपछि आफै चुप लाग्नुहुनेछ ।’ प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu