दैलेख, १२ मङ्सिर । ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च २२०७ नं. को वोलेरो जिप धामीगाउँ नजिक दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षिय राजेन्द्रवहादुर शाही र वडा नं. १ का अन्दाजी ३० वर्षिय निर्मल वमको मृत्यु भएको वडा नं. ३ का वडा सदस्य कर्णवहादुर वोगटीले जानकारी दिएका छन् ।
घाईतेहरुको नाम र ठेगाना खुल्न सकिरहेको छैन । घाईते अन्य ६ जनाको अवस्था गम्भिर रहेकाले मृतकको संख्या वढ्न सक्ने अनुमान गरिएको छ । उद्धारकोलागि ठाँटिकाँध प्रहरी चौकीको टोली घटना स्थल पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्