ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी विमान खरिद प्रकरण : पर्यटनमन्त्री अधिकारीेले दिए यस्तो चेतावनी


admin
१२ मंसिर २०७५, बुधबार   ४ : ०६   बजे


काठमाडौं,१२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबढि विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।

मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेपाल एयेरलाईन्सलाई कम्जोर बनाउने नियतका साथ छानवीन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहो¥याउँदै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताउनु भयो ।

मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गर्नु भयो । उहाँले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भईरहेको पनि जानकारी दिनु भयो ।

मन्त्री अधिकारीले आगामी मार्च भित्र वाईडबढि विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सार्नु भयो । मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताउनु भयो ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group