ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन


admin
१३ मंसिर २०७५, बिहिबार   ३ : १७   बजे

काठमाडौं ,१३ मङसिर ।  दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका थापाले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई फाइनलमा पराजित गर्दै च्याम्प्यिन बनेका हुन् । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ दी हिमालयन टाइम्सका महेश आचार्य र नेपाल टेलिभिजनका मदन आचार्य तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताअन्र्गत महिलातर्फ बीबीसी नेपाली सेवाकी श्रेष्ठले एभिन्यूज टेलिभिजनकी सरिता श्रेष्ठलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिकी मुना कार्की र न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की तेस्रो भए । यही मङ्सिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्कूलतर्फ १२, कलेजमा छ, भेट्रानमा चार, खेल पत्रकारमा दुई, शारीरिक अपाङ्गमा चार, बहिरा र न्यून दृष्टियुक्त दुई÷दुई तथा पुरुष-महिला एकल गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu