ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिक्रियावादीले कम्युनिष्ट विरुद्ध भ्रम छरिरहेका छन् : अध्यक्ष प्रचण्ड


admin
१४ मंसिर २०७५, शुक्रबार   ४ : २०   बजे

कावासोती,१४ मङसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब गति लिएको दावि गर्नुभएको छ । त्रिभुवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले केहि ढिला गरि भएपनि सरकारले गति लिएको दावि गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले केहिदिन अघि मात्रै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको उदाहरण दिदैँ सामाजिक सुरक्षा योजना दुरगामि र ऐतिहासिक निर्णय भएको भन्दै त्यो कोसेढुंगा सावित भएको बताउनुभयो ।

मुलुकको विकासलाई गति दिने गरि प्रक्रिया अघि बढेको भन्दै अध्यक्ष प्रचण्डले अब कसैले चाहेर पनि मुलुकको विकास नरोकिने ठोकुवा गर्नुभयो । उहाले प्रतिक्रियावादिले जहिले पनि कम्युनिष्टहरुविरुद्ध भ्रम छरिरहेको भन्दै अब दुई छिमेकीसंगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गति दिने बताउनुभयो ।

उहाले भन्नुभयो ‘उत्तरी छिमेकी चिन र दक्षिण छिमेकी भारतसंगको सम्बन्ध नयाँ शिराबाट मजबुद बन्दै गएको छ, अब विकासले गति लिनेमा कुनै शंका नगर्नहोस ।’

अध्यक्ष प्रचण्डले भन्नुभयो ‘जहिले पनि प्रतिक्रियावादीहरुले हामिविरुद्ध भ्रम छरिरहेका छन, संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टीबिचको एकता प्रक्रियामा होस् या त गणतन्त्र ल्याउने बेलामा मात्रै नभै स्थानिय तहको निर्वाचन एंव संघिय तथा प्रदेशको चुनावमा किन नहोस् कम्युनिष्टलाई असफल बनाउन लागि परे तर त्यो पुरा हुन सकेन ।’

उहाले नवलपुर र आफु निर्वाचित चितवनको पश्चिम चितवनलाई जोडेर यस क्षेत्रको गुणात्मक परिवर्तन ल्याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नारायणीमा ३ वटा नयाँ पुलको आवश्यकता महशुस गरिएको र नारायणी नदिमा सबैभन्दा पहिले पानी जहाज चलाएर छाड्ने ठोकुवासमेत गर्नुभयो ।

उहाले भुमिगत अवस्थामा आफु पुर्णकालिन सदस्य भएपछि पहिलो कार्यक्षेत्र नवलपरासी मै रहेको खुलासा गर्दै यस क्षेत्रको विकपासमा आफुले कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नुभयो ।

अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा निजिकरण र व्यापारिकरणको रोग लागेको भन्दै पछिल्लो समय सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको बताउनुभयो । केहि समय अघिसम्म् सामुदायिक विदालयको स्तर कमजोर रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले सुधार हुँदै गएसंगै आकर्षण बढेको दावी गर्नुभयो ।

उहाले शिक्षाको गुणस्तर ,वृद्धिका लागि सरकार कटिबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । प्रचण्डले सरकारले चुनावमा गरेका सबै प्रतिबद्धताहरु ५ वर्षभित्र पुरा गरेरै छाड्ने स्पष्ट पार्नुभयो । ,उहाले भन्नुभयो ‘हामिले सोचे जस्तो काम गर्न सकिरहेका त छैनौ तर ५ वर्ष भित्र हामिले चुनावमा गरेका सबै प्रतिबद्धता पुरा गर्छौ ।’ उहाले भन्नुभयो यस वर्ष बृद्धभत्ता केहि भएपनि यो सरकारले बढाउनुपर्ने हो त्यसमा म दुखी छु तर आगामि वर्षको बजेटमा त्यसको व्याजसहित वृद्धभत्ता उपलब्ध गराईने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group