ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्ने : अध्यक्ष बिजुक्छे


admin
१५ मंसिर २०७५, शनिबार   १० : ४६   बजे

भक्तपुर, १५ मङ्सिर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ ।

सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले पनि ख्यालठट्टाको विषय बनाउन नहुने बताउनुभयो ।
उहाँले नेमकिपाले आफ्नो सिद्धान्त र सङ्घर्षलाई नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवापुस्ता राजनीतिमा नआए देश खतरामा पुग्ने चर्चा गर्र्दै उहाँले युवापुस्तामा पलाएको राजनीतिक वितृष्णालाई हटाएर राजनीतिमा ल्याउन सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नाफा र कमिशनका लागि मात्रै विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउँदै भक्तपुर नगरपालिकालाई विश्व विद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाएर देखाउने दाबी गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गर्नुभयो ।

प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले काम गर्न नसकेको र काम नपाएको सन्दर्भ कोट्याउँदै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको रुपमा रहेको टिप्पणी गर्नुभयो । अर्का सांसद सिर्जना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रमलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको विकासमा फड्को मारेको बताउँदै नगरपालिकाले विभिन्न विषयका कलेज सञ्चालन गरी शैक्षिक जगत्मा उत्कृष्ट र नमूना बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रका रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रममा इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्य, इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राध्यापक डा प्रेमनाथ मास्के, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले कलेजको प्रगतिका बारेमा चर्चा गर्दै गुणस्तरीय शिक्षामा कलेजले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group