ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली भन्छन, लघु वित्त संस्थाले उच्च व्याज लिने गरेको छ


admin
१५ मंसिर २०७५, शनिबार   ४ : ४०   बजे

काठमाडौं,१५ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

राजधानी काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताउनुभएको हो ।

गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ती जनाउनुभयो ।

उहाँले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंकित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च व्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

गरिबी निवारणमा सहयोगी भुमिका निर्वाह गर्न ,गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले व्याजका बारेमा सामुहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले परिर्वतन रुचाउन नचाहनेहरुले जनतालाई माया गर्ने र स्पष्ट दृष्टिकोण भएको सरकार विरुद्ध भ्रमात्मक प्रचारवाजी गरेको टिप्पणी गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकालाई फोहोरको डंगुर र धुलाको थुप्रो बनाएर छाड्नेहरुले नै आफुलाई के गरिस् भनेर सोध्ने गरेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “कमसेकम ३० बर्ष सरकार चलाएकाहरु, सरकार चलाएर काठमाडौंलाई फोहोरको डुंगुर र धुलाको थुप्रो बनाएर सास फेर्न नसक्ने बनाएर छाड्नेहरु अहिले उफ्रि उफ्रिकन सोध्छन् ८ महिनामा के गरयौ ?”

मुलुक विकासको बाटोमा अघि बढेको देख्न नचाहने शक्तिले आफु विरुद्ध कु –प्रचार गरेको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “अहिले विकासको बाटोमा देश अगाडि बढ्न थालेकोले केही चिन्तित छन् । कुप्रचारको सिंङ जुधाँउनेहरु आफै रगतपिच्छे हुन्छन् । ”

प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा क्रमश सुधार आउदै गएको भन्दै लघुवित्त संस्थाहरुबाट सुविधा लिएर व्यवसाय गर्न सुझाव दिनुभयो । दुई दिने सम्मेलनमा मुलुकभरका ७५ लघुवित्तका सात सय सदस्य सहभागी छन् ।

नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ । गरिबी निवारण र सामाजिक रुपान्तरणका लागि लघुवित्तको अवधारणा सुरु भएको भएपनि पछिल्लो समय लगानी र व्याजदरका विषयमा सेवाग्राहीको गुनासो बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu