ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र देवेगौडाबीच शिष्टाचार भेटवार्ता, द्विपक्षीय हितकाबारेमा छलफल


एबीसी न्यूज
१६ मंसिर २०७५, आइतबार   ८ : ०४   बजे

काठमाडौं,१६ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शनिवार साँझ सोल्टी क्राउन प्लाजामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उहाँहरुबीच छलफल भएको छ । दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उहाँहरुबीच कुराकानी भएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।

यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुबै देशले सामूहिक प्रयास गर्ने र दुबै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा उहाँहरुबीच छलफल भएको उहाँले बताउनुभयो ।

पुरानो चिनजानसमेत रहेकाले भेटमा उहाँहरुबीच आपसी अनुभव आदानप्रदानसमेत भएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।

भेटघाटमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group