ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल बनाउन सरकारको पहल , विज्ञहरूले दिए सरकारलाई सुझाव


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ९ : ०८   बजे

 


काठमाडौं , १९ मङ्सिर । थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ। तर हाम्रो देशमा भने यो नीति दशकौंसम्म बेवास्ताको सिकार बन्यो। अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ। राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधनका लागि छलफल तीव्र पारिएको छ। संशोधित नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधनको नेतृत्व गरिरहेका छन्। उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ। ‘यसको संसोधन गर्न सबै पक्षको सुझाव माग्ने काम भइरहेको छ,’ उनले भने, ‘विज्ञहरूले विविध पाटो केलाउँदै यसलाई स्पष्ट पार्न खोज्नु भएको छ। यो महत्वपूर्ण दस्तावेज भएकाले यसमा काम भइरहेको छ।’

मन्त्रिपरिषद्ले उनकै नेतृत्वमा संशोधन प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गरेको थियो। समितिको औपचारिक अनौपचारिक पाँच/छ बैठक बसिसकेको छ। टोलीमा विभिन्न निकायका प्रतिनिधि र विज्ञ सम्मिलित छन्। प्रधामनमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारदेखि सेवानिवृत्त जर्नेलहरू यसमा संलग्न छन्। आधाजसो काम सकिइसकेको र यसलाई कम्पायल गर्दै सुधार गर्ने काम भइरहेको छ। केही अनुसन्धान र छलफलको जिम्मा सम्बन्धित क्षेत्रका व्यक्तिलाई दिइएको र उनीहरूको सुझाव पछि यसमा थप काम अघि बढ्ने पनि उनले बताए।

पहिले कुटनीति र रक्षालाई फरक तरिकाले अघि बढाइन्थ्यो। अहिले कुटनीतिमा अर्थ र रक्षा दुवैको भूमिकालाई महत्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा नेपालको सुरक्षा नीतिलाई पनि समयानुकूल बनाउने प्रयास स्वरुप छलफल भइरहेको हो। राष्ट्रिय सुरक्षा नीति भनेको समग्र मुलुकको रक्षा/प्रतिरक्षालाई ध्यानमा राखेर बनाइने मूल नीति नै हो।

कुटनीतिक संयन्त्र समेत यही नीतिअन्तर्गत परिचालित हुनेगर्छ। राष्ट्रिय सुरक्षा नीतिले मुलुकको सीमा, नागरिकको रक्षा, मुलुकको प्रतिरक्षा, विकास परियोजना, हवाई सुरक्षा, कूटनीतिक सम्बन्धमा प्रभावजस्ता विषयलाई समेट्छ। कुनै पनि मुलुकको समग्र विकासका लागि राष्ट्रिय सुरक्षा नीति अनिवार्य ठानिन्छ। कतिपय द्विपक्षीय विषय रक्षाको तहमा पनि हुनेगर्छ। यसमा कूटनीतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले विज्ञहरूले ध्यानपूर्वक काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group