ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वलात्कार, हत्या, लुटपाट जस्ता जघन्य घटनाले निरन्तर स्थान पाउनुमा यस्तो भन्छन् अपराधशास्त्री आचार्य (भिडियोसहित)


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ११ : ०५   बजे

काठमाडौं, १९ मङ्सिर।  सुरक्षीत जिवन जिउन पाउनु जो कोहिको नैसर्गिक अधिकार हो । तर कतिपय मानिसमा आपराधीक मानसिकता हावी हुदै जादा समाजमा अपराधजन्य गतिविधी दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समयमा वलात्कार, हत्या, लुटपाट जस्ता घटनाले निरन्तर स्थान पाइराख्दा नेपाली समाज क्रमश असुरक्षीत बन्दै गएको भान हुन थालेको छ ।

आम संचार माध्यममा हत्या र बलात्कारको घटनाले दैनीकजसो स्थान पाउने गरेका छन् । कतै नेपाली समाज दिनानुदिन हिंस्रक बन्दै त गएको छैन ? पछिल्लो समयमा वलात्कार, हत्या, लुटपाट जस्ता घटनाले निरन्तर स्थान पाइराख्दा नेपाली समाज क्रमश असुरक्षीत बन्दै गएको भान हुन थालेको छ । राजधानी उपत्यकाको अत्यन्त व्यस्त बसपार्क क्षेत्रबाट गएको सातामात्रै ८ बर्षिय नाबालकको अपहरण पश्चात् हत्या भएको छ । ८ वर्षीय प्रयास कुवरको अपहरणको दुइ दिनपछि झोलामा पोको पारेको अवस्थामा उनको शव भेटिएको थियो ।

यो घटना त एउटा उदाहरण मात्रै हो । यस्ता थुप्रै घटना छन् जसले नेपाली समाजको सुरक्षा  स्थितिप्रति प्रश्न खडा गर्छ । दिनानुदिन आम संचारमाध्ममा छाउने गरेका यस्ता घटनाले समाजलाइ नै असुरक्षीत बनाइ रहेका छन् । आखीर किन मानीसमा अपराधीक मानसीकताको हावी हुदैछ ? के कारणले मानिस यस्ता अनैतिक कार्य गर्न हौसीरहेका छन् । मानीसको व्यक्तिगत पृष्ठभूमी, मानीस कस्तो बातावरण्मा हुर्किएको छ, यसले उसको व्यवहार निर्धारण गर्ने सेन्टर फर मेन्टल हेल्य एण्ड काउन्सिलिङका मानसीक रोगसम्बन्धी चिकीत्सक कपिल देव उपाध्याय बताउछन् । मुलुकमा व्याप्त दण्डहिनताले पनि यस्ता अपराधीक मानसीकतामा रमाउनेहरुलाई बल पुगेको हावी हुदैगएको उनि वताउछन् ।

यस्तै अपराधजन्य गतिबिधी बढ्नुमा नेपालको राजनैतिक पृष्ठभूमि अर्को पक्ष्ँ रहेको अपराधशास्त्री माधव आचार्यको तर्क छ । लामो समयको राजनैतीक संक्रमणकालवाट गुज्रिएको मुलुकमा मानिसलाइ धम्क्याउने, तर्साउने जस्ता प्रवृतीको बिकास भएको र त्यहि व्यवहारले अहिलेसम्म पनि निरन्तरता पाइरहेको आचार्यको दावी छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ६ सय ४६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका छन् । जसमध्ये कर्तव्य ज्यानको ६ सय २८, ज्यान मार्ने उद्योगमा ७ सय २८, डाका चोरीका २७, व्यक्ति अपहरणका ७७, हात हतियार तथा खरखजानाका २ सय ५४, जवरजस्ती करणीमा १ हजार ४ सय ८०, विस्फोटक पदार्थमा ५४ र खुन डाकामा २ वटा मुद्दा दायर भएका छन् । यद्यपि यो तथ्यांक विगत बर्षहरुको तुलनामा कम रहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी बताउछन् ।

समाजमा अपराधजन्य गतिविधी नियन्त्रण गर्न मूलत प्रहरीको कार्यसैलीमा सुधार हुनु पर्ने अपराधशास्त्री माधव आचार्यको भनाइ छ । कंचनपुरकी बालिका निर्मला पन्तको महिनौ अगाडी भएको वलात्कारपछि हत्याको छानवीन अझै सकिएको छैन । देशभरवाट भैरहेको न्यायको मागले अझै निष्कर्ष पाएको छैन । यस्ता घटनाले अपराधीको मनोवल अझ बढाउन मद्दत गर्ने गर्छन् । त्यसकारण पहिले त प्रहरीले स्वतन्त्र काम गर्ने बातावरण हुनुपर्छ र त्यसमा प्रहरीले कर्मनिष्ठ भएर काम गनुपर्ने आचार्य वताउछन् ।

मानिसको मनस्थिती स“धै एउटै हु“्दैन । त्यसैले समाजमा अपराध नै हुनसक्दैन त भन्न सकिदैन । तर अहिले जुन ढंगमा अपराधीक गतिबीधी बढीरहेका छन् त्यसमा नियन्त्रण हुनु अति आवश्यक छ । समाजमा शान्ती र सुव्यवस्था कायम गर्न र आममानिसलाई आफू सुरक्षित छु भन्ने विश्वास दिलाउन सम्बन्धीत निकाय यसवारे गम्भिर हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group