ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट सरकारलाई काँग्रेसले लगायो यस्तो आरोप


admin
१९ मंसिर २०७५, बुधबार   ५ : ५७   बजे


काठमाडौं,१९ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो ।

सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि सो प्रतिवेदनमा गरिएको छ । पार्टीको अर्थनीतिसम्बन्धि प्रतिवेदन केन्द्रिय कार्य समितिमा पेश गर्दै काँग्रेस नेता डा. प्रकाशशरण महतले सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थ नीति लिएकाले यसबाट मुलुकको समृद्धि सम्भव नरहेको दावी गर्नु भयो ।

उहाँले सरकारले लिएको गलत आर्थिक नीतिकै कारण गत वर्षभन्दा यस वर्ष वैदेशिक लगानी ७५ प्रतिशत कम हुन गएको दावी समेत गर्नु भयो । स्वदेशी पूँजी पलायत हुने क्रम बढदै जानुमा पनि सरकारको गलत नीति मुख्य कारण रहेको काँग्रेसको निष्कर्ष छ ।

नेता महत नेतृत्वको आर्थिक समितिले केन्द्रिय कार्य समितिमा पेश गरेको अर्थनीति सम्बन्धि प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

वृद्धि गरिएको उत्पादनमार्फत् आम नागरिकलाई सम्पन्न बनाउने लक्ष्य पनि प्रस्तुत आर्थिक नीतिले लिएको नेता महतले जानकारी दिनु भयो । आर्थिक नीतिमा प्रजातान्त्रिक समाजवादी बाटोबाटै मुलुकलाई समृद्ध बनाउने सकिने निष्कर्ष पनि निकालिएको छ ।

आसन्न मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो । पार्टी केन्द्रिय कार्य समिति बैठकले पारित गरेपछि सो प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने काँग्रेसको तयारी छ ।

केन्द्रिय कार्य समिति बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि पेश हुनेछ । यस अघि काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गरिएको थि

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group