कैलाली,२१ मङसिर । कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले बुवा र ठुलोबुवाको हत्या गरेका छन् ।
आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै लम्कीचुहा नगरपालिका(४ बलिया गाउँका जहरीलाल चौधरीले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका हुन । आमा भने घाइते भएकी छन् ।
चौधरीले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए । घाइते भएकी आमाको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्