ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी निकायको चरम लापरवाही


admin
२१ मंसिर २०७५, शुक्रबार   ६ : २६   बजे

सप्तरी,२१ मङसिर। नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीडा भोग्नु परेको छ ।

नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।

सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।

उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् ।

तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो ।
नागरिकतामा टाँसिएको फोटो बिग्रिएपछि उनी नागरिकताको प्रतिलिपी तथा फोटो परिवर्तन लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् ।

नागरिकता फाँटका कर्मचारीहरुले सक्कल नागरिकताको प्रमाणपत्रमा प्रमाणपत्र नं. उल्लेख नभएको देखेपछि चकित परेका थिए ।
नं. नै उल्लेख नभएपछि अलमलमा परेका कर्मचारीहरुले उनलाई पुनः नयाँ प्रक्रियाबाट नागरिकता बनाउन र सम्पूर्ण प्रक्रिया पुरा गरेर आउन भनेको पीडित महिला अमरिकाले बताइन् ।

उनले नागरिकता टोलीमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफू अनावश्यक झन्झटमा परेको सुनाउँदै यसतर्फ सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।

यसअघि नागरिकताको कुनै कामै नपरेकाले आफूले पनि नं. भए नभएको बारे खासै चासो नदिएको उनले बताईन् । यद्दपी सरकारी कार्यालयबाट भएको गम्भिर त्रृटीप्रति अमरिका देवी अनभिज्ञ हुँदा विगत १२ वर्षदेखी सोही नागरिकताको प्रतिलिपी विभिन्न रेमिट्यान्समा प्रयोग गर्दै आएकी थिइन् ।

छोरा बैदेशिक रोजगारका लागि विदेशमा रहेकोले रकम पठाउँदा उनले सोही नागरिकताको प्रतिलिपि प्रयोग गर्दा समेत ती निकायले प्रमाणपत्र नं. नभएकोप्रति कहिले जानकारी पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group