सल्यान, २१ मङ्सिर । ट्र्याक्टर दुर्घटना हुँदा आज यहाँ एकको मृत्यु भएको छ ।
दाङबाट रुकुमतर्फ जाँदै गरेको रा १ त २६२८ न ट्र्याक्टर बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वीरुकुम, उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्र्याक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन् ।
घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । सामान लिएर जाँदै गरेको ट्र्याक्टर सकडबाट करीब ६०० मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्