काठमाडौं, २२ मंसिर । महाराजगञ्ज प्रहरीले प्रहरीले चलाएको स्वीप अपरेशनमा शुक्रबार राति गोंगबु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा ४२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक समेत रहको प्रहरीले जनाएको छ । बर्थ डे मनाउन भन्दै होटेलमा २ वटा कोठा लिइ बसेका ९ जना किशोर–किशोरीलाई पनि नियन्त्रणमा लिइएको छ उक्त समुहबाट प्रहरीले लागुपदार्थ गाजा पनि बरामद गरिएको छ ।
उनीहरु मित्रनगरमा रहेको बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु कक्षा ८ देखि ११ सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् । उनीहरुमध्ये ७ छात्र र २ छात्र छन् ।
पक्राउ परेका किशोर–किशोरी अभिभावकको जिम्मा लगाई अब यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा छाडिने महाराजगञ्ज प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए । प्रहरी नायव उपरिक्षक प्रसाईका अनुसार होटल संचालकहरुलाई अव यस्तो कार्य नर्गन र होटलमा आउने आउने बालबालिकाको अभिभावक संग समेत समन्वय गरेर मात्र बास वस्न दिने र अव यस्तो कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिने चेतानी दिएको प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिए । अभिभावकले पनि आफ्ना बालबालिका के गर्दै छ कहाँ छन् उक्तकुरामा जानकारी र निगरानी राख्ने सके यस्तो समस्या नआउने प्रहरी नायव उपरिक्षक प्रसाई बताए ।
उनका अनुसार त्यस स्वीप अप्रेशनमा उक्त टोलीमा सिन्धुलीबाट साउन महिनामा हरायकी आकंक्षा बानिया नाम भएकी बालिकालाई समेत प्रहरीले भेटाएको र उक्त बालिकाका अभिभावक आएपछि जिम्मा लगाई पठाउने प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिए । अप्रेशनकै क्रममा चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर पनि बरामद गरिएको प्रहरीले बताएको छ । उक्त बरामद भएका सवारी साधन आफ्नो हो भन्ने प्रमाणपत्र ल्याएमा छोडिने प्रहरीले बताएको छ ।
प्रहरीले चेकिगंका क्रममा एक वैकं म्यानेजरले अर्को ब्यक्तिको बाइक चलाएको भेटिएको छ । चेकिगंका क्रममा सम्वन्धीत ब्यक्तिले बोकेको सवारी धनी प्रमाणपत्र र सवारी साधन नम्वर नमिले पछि प्रहरीले सोध खोज गर्दा आफ्नो बाईक सिभिल महलमा पर्किर्ग गरेको र अर्को ब्यक्तिको बाईक चढेर हिडेको भेटिएपछि प्रहरीले सम्वन्धित ब्यक्तिलाई बाईक फिर्ता गराएको छ । यसरी एउटै साँचोले एउटै कम्पनिका बाईक खुल्लने गरेको कारण पनि बाईक हराउने समस्या बढेको हुन सक्ने डिएपी प्रसाईले बताए ।
प्रतिक्रिया दिनुहोस्