ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारीलाई कुटपिट गरी पैसा लुट्ने एक व्यक्ति पक्राउ


admin
२२ मंसिर २०७५, शनिबार   १ : २३   बजे

दाङ,२२ मङसिर । दाङमा एकजना व्यापारीलाई कुटपिट गरि १२ लाख नगद लुटेको अभियोग लागेको व्यक्ति पक्राउ परेका छन । घोराही उपमहानगपरपालिका ५ का ५६ बर्षीय मानसिंह वलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङ राजपुर गाउँपालिका ५ सालभौरीका ३५ बर्षीय डिल्ली बहादुर रोकाया पक्राउ परेका छन ।

गत मंसिर १९ गते बेलुका साढे सात बजेको समयमा रोकाया सहितका ४-५ जना व्यक्तिहरुले आक्रमण गरि वलीको साथबाट १२ लाख नगद लुटेको प्रहरीले जानकारी दिएको छ ।

दाङको राजपुर गाउँपालिका ५ भेटनी खोलाको ढुङ्गा खरिद गर्न भनि गएका वलीको साथ बाट रोकाया लगाएका व्यक्तिले कुटपिट गरि १२ लाख नगद लुटपाट गरेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राम प्रसाद घर्तीमगरले व्यापारीलाई कुटपिट गरि रकम लुटपाट गर्ने रोकायालाई राजपुर गाउँपालिका ७ सिक्टा गाउँमा लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेका रोकायाको साथ बाट नगद १० लाख ५० हजार रकम समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रवक्ता घर्तीमगरले बताउनुभयो ।

त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त झन्डै डेढ वर्ष पछि पक्राउ परेका छन । फक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ७ सुकवारी बस्ने अन्दाजी २४ वर्षिय हाकु काले भनिने नेक बहादुर चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

पिडित पक्षले २०७४ जेठ ११ गते चौधरी विरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेका थिए । फरार अभियुक्त चौधरीलाई जाहेरीको आधारमा गत मंसीर २० गते जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रबक्ता घर्तिमगरले बताउनुभयो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu