दाङ,२२ मङसिर । दाङमा एकजना व्यापारीलाई कुटपिट गरि १२ लाख नगद लुटेको अभियोग लागेको व्यक्ति पक्राउ परेका छन । घोराही उपमहानगपरपालिका ५ का ५६ बर्षीय मानसिंह वलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङ राजपुर गाउँपालिका ५ सालभौरीका ३५ बर्षीय डिल्ली बहादुर रोकाया पक्राउ परेका छन ।
गत मंसिर १९ गते बेलुका साढे सात बजेको समयमा रोकाया सहितका ४-५ जना व्यक्तिहरुले आक्रमण गरि वलीको साथबाट १२ लाख नगद लुटेको प्रहरीले जानकारी दिएको छ ।
दाङको राजपुर गाउँपालिका ५ भेटनी खोलाको ढुङ्गा खरिद गर्न भनि गएका वलीको साथ बाट रोकाया लगाएका व्यक्तिले कुटपिट गरि १२ लाख नगद लुटपाट गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राम प्रसाद घर्तीमगरले व्यापारीलाई कुटपिट गरि रकम लुटपाट गर्ने रोकायालाई राजपुर गाउँपालिका ७ सिक्टा गाउँमा लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरेको बताउनुभयो ।
पक्राउ परेका रोकायाको साथ बाट नगद १० लाख ५० हजार रकम समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रवक्ता घर्तीमगरले बताउनुभयो ।
त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त झन्डै डेढ वर्ष पछि पक्राउ परेका छन । फक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ७ सुकवारी बस्ने अन्दाजी २४ वर्षिय हाकु काले भनिने नेक बहादुर चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
पिडित पक्षले २०७४ जेठ ११ गते चौधरी विरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेका थिए । फरार अभियुक्त चौधरीलाई जाहेरीको आधारमा गत मंसीर २० गते जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रबक्ता घर्तिमगरले बताउनुभयो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्