दाङ,२२ मङसिर । शुक्रवार राती तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षिय नवीन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले बताउनुभयो ।
शुक्रवार राती साढे ८ बजेतिर तुलसीपुर ८ टिकरी भन्ने स्थानमा लु २ त ४१८७ नम्वरको ट्रयाक्टरले वलीलाई ठक्कर दिदां वलीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताईएको छ ।
बालकलाई ठक्कर दिने ट्रयाक्टर चालक अझै फरार भएका छन भने ट्रयाक्टरलाई प्रहरीले खोजतलास गर्ने क्रममा राती नै तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला पारेको डिएसपी शाहीले बताउनुभयो ।
चालकको खोजीकार्य जारी रहेको छ भने मृतक बालकको शवलाई पोष्टमार्टमका लागी राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखीएको छ । त्यसैगरी उता सल्यानमा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । दाङबाट रुकुम जाँदै गरेको ट्रयाक्टर शुक्रवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रा १ त २६२८ नम्बरको ट्रयाक्टर सल्यान बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वी रुकुम उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्रयाक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । सामान लिएर जाँदै गरेको ट्रयाक्टर सकडबाट करीब ६०० मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस्