ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय चुलो सम्बन्धी मापदण्ड ल्याइँदै


admin
२२ मंसिर २०७५, शनिबार   १ : ४३   बजे

काठमाडौं,२२ मङसिर । खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

वार्षिक झण्डै १३ अर्ब रुपैयाँको एलपी ग्यास आयात हुने गरेको र वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको अवस्थामा भएको खपत कम गर्न स्वदेशमा उत्पादन हुने विद्युत्बाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

इन्डक्सनलगायत विद्युतीय चुलोको मापदण्डको मस्यौदामाथि छलफल गर्न नेपाल ऊर्जा फाडण्डेशनले आज यहाँ आयोजना गरेको कार्यशालाका सहभागीहरुले पहिलो पटक बनाउन लागिएको मापदण्डलाई कार्यान्वयनमा ल्याउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।

‘क्लिन कुकिङ एलायन्स’ (सिसिए) को सहयोगमा गुणस्तर तथा नापतौल विभागको सहकार्यमा फाउण्डेशनले तर्जुमा गरेको सो मापदण्डमा विद्युत्को उत्पादन बढेसँगै त्यसबाट खाना पकाउने चुलो कस्तो हुनुपर्ने, कसरी घरायसी तहमा पु¥याउने अन्तर्राष्ट्रिय अनुभव के कस्ता छन् ? यसबाट उपभोक्तादेखि राज्य तहमा पुग्ने फाइदाका बारेमा विस्तृत जानकारी दिएको छ ।

मापदण्ड तर्जुमा मस्यौदाकार सुवर्ण कपाली, महेश आचार्य, र नवराज सञ्जेलले मापदण्डमा उल्लेखित प्रावधानको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले सरकारको सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न तथा दिगो विकास लक्ष्य, सन् २०२२ सम्म स्वच्छ ऊर्जाको पहुँच पु¥याउन विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

गुणस्तरीय तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पर्याप्त गुणस्तरीय र सुलभ विद्युत् सेवाको पहुँच बढाउन सकिए विद्युतीय चुलोलाई देशमा विस्तार गर्न मापदण्डको कार्यान्वयन गरिन्छ भन्नुभयो ।

सिसिएका निरजा पनुमेट्छा र राष्ट्रिय प्रतिनिधि करुणा बज्राचार्यले एलपी ग्यास भन्दा विद्युतीय चुलो निकै सस्तो पर्ने भएकाले यसको प्रवद्र्धनका लागि मापदण्ड निर्धारण र त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरे, प्राडा अमृत नकर्मी, सामुदायिक ग्रामीण विद्युत् महासङ्घका रामकृष्ण हुमागाईंलगायतका वक्ताहरूले विद्युत्को पर्याप्त सम्भावना भएको मुलुकमा आयोजित ग्यासलाई प्रतिस्थापित गरी विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group