ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविकास केन्द्रको भवन हस्तान्तरण


admin
२२ मंसिर २०७५, शनिबार   १ : ४९   बजे

चौतारा,२२ मङ्सिर । सिन्धुपाल्चोकको विभिन्न पालिकामा टुकी सङ्घ सुनकोशीको व्यवस्थापनमा सेभ द चिल्डे«नले रु तीन करोड ३० लाखको लगानीमा १५ वटा बालविकास केन्द्रको भवन निर्माण गरेको छ ।

सरकारी मापदण्डअनुसार खानेपानी शौचालय, सरसफाइ, कक्षा कोठाभित्र खेल्ने सिक्ने सामग्री र सुत्ने व्यवस्थासहित छ वटा सिकाइ क्षेत्र रहेको टुकी सङ्घका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नव निर्मित भवन चौतारा साँगाचोकगढी नगरपालिकामा सात, इन्द्रवती गाउँपालिकामा चार, सुनकोशी गाउँपालिकामा एक र वलेफीमा तीनसहित १५ वटा रहेका छन् । सो केन्द्रमा तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई सिकाइको व्यवस्था गरिनेछ ।

नवनिर्मित भवनको सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई हिजो हस्तान्तरण गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

त्यसैगरी संस्थाकै आर्थिक तथा प्राविधिक सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत साँगाचोकस्थित जनविकास माविको १२ कोठे भवन र बलेफी गाउँपालिकाअन्तर्गत चारवटा आधारभूत विद्यालय भवनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu