काठमाडौं, २२ मङसिर । आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ नयाँबजार कालधारामा फोहर बोक्ने बा३ख ४३२० नंको आइचर गाडीको ठक्करबाट बा ५१ प ६८६७ नंको मोटरसाइकल चालक काठमाडौँ धोबिचौरका ३० वर्षीय अनिल गुरुङकोे मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख पिताम्बरसिंह धामीले गाडीको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आज दिउँसो मृत्यु भएको जानकारी दिनुभयो ।ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वृत्तले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्