काठमाडौं, २३ मङसिर । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आज साँझमा आउने भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले बताएको छ ।
उनीहरुको रिपोर्ट आइसकेपछि कञ्चनपुर अदालत लगेर खोलिने बताइएको छ । तर, त्यहाँबाट अनुमति लिएमा भने काठमाडौँमै पनि खोल्न सकिने केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्