ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यासप्रज्ञा स्मारिकाको आज विमोचन गरियो


admin
२३ मंसिर २०७५, आइतबार   ५ : १६   बजे

दमौली, २३ मङ्सिर । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।

स्मारिकाको विमोचन गर्दै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा वेणीमाधव ढकालले वेदव्यासको अनुपम प्रज्ञा र प्राज्ञिक योगदानको प्रचारप्रसारका लागि स्मारिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय उपमहाद्वीप र विश्वका धेरै ठाउँमा आफ्नो ज्ञान गरिमाका कारण प्रसिद्ध भएका नारायण अंशावतार महर्षि वेदव्यासको उनकै जन्मभूमि नेपालमा अपेक्षित प्रचारप्रसार नहुनु दुःख लाग्दो विषय भएको उहाँको भनाइ थियो । व्यासदेवको अवतरण, तपस्या, ज्ञानप्राप्ति, शताधिक ज्ञानपुञ्ज कृतिहरूको रचना, वेदव्यासका सन्देश र सदाचार, सद्विचार उपदेशको प्रचारप्रसार गर्ने उद्देश्यले स्मारिका प्रकाशन गर्नु अत्यन्तै सकारात्मक कार्य रहेको ढकालले बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको विकास र प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको माध्यमबाट व्यासभूमिको विकासका लागि नगरपालिकाले योजना बनाएको समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्मारिकाले व्यास क्षेत्रको प्रचारप्रसारका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । व्यास जन्मभूमिको विकास र प्रचारप्रसारका लागि स्थानीयवासीको सक्रियता निकै सकारात्मक रहेको भन्दै उहाँले अध्ययन केन्द्र निर्माण गर्न सुझाव दिनुभयो ।

व्यासभूमिमा भएका विषयवस्तुलाई समावेश गरी यसको वास्तविक पहिचान पाठक समक्ष पु¥याउनुका साथै वैदिक सनातन धर्म संस्कृतिको संरक्षण एवं संवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विशिष्ट विद्वानहरूको खोजपूर्ण लेख रचना समावेश गरी स्मारिका प्रकाशन गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै महेश संस्कृत गुरुकूल देवघाटका सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले पुस्तकमा १० वटा लेख व्यासको बारेमा र ८ वटा लेख व्यासभूमिको प्रचारप्रसारका लागि लेखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group