ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका दमकल किन थन्किए ? यस्तो छ कारण


admin
२३ मंसिर २०७५, आइतबार   ७ : ००   बजे

भक्तपुर, २३ मङ्सिर । जुद्ध बारुणयन्त्र भक्तपुरका चार जना चालकले एकैपटक छाडेपछि भक्तपुरको दमकल चालकविहीन बन्न पुगेको छ ।

जुद्ध बारुणयन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागार्इंले शनिबार सबै चालकलाई छाडेर जान निर्देशन दिएपछि २४सै घण्टा ‘ड्युटी’ गरेर बस्ने चालक राजकुमार श्रेष्ठ, राजकुमार गिरी, विकास वनमाला र राज कपालीले कार्यालय छाडेपछि दमकल चालकविहीन बन्न पुगेको हो ।

नौ दिनपछि शनिबार कार्यालय आएका प्रमुख गुरागाईंसँग दमकलका चालकले डेढ महीनाअघिदेखि रोकिएको दमकल मर्मतको रकम माग गर्दा हप्काएर मर्मतको रकम नदिइ उल्टै छाडेर जान निर्देशन दिएपछि बाध्य भएर कार्यालय छाडनुपरेको चालकले बताएका छन् ।

चालक राज कपालीले दमकल चालकलाई मान्छे जस्तै व्यवहार नगर्ने र अत्यावश्यक साधनका रुपमा रहेको दमकलसमेत मर्मत गर्न नदिने कायालय प्रमुखले बिग्रिएर बनाएको दमकलको रकम भुक्तानी गरिदिन आग्रह गर्नेबित्तिकै छाडेर जान निर्देशन दिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “म तिमिहरुको हामिक, मलाई नरोधी दमकल बनाउँछौँ, तिमीहरु जस्ता चालक चाहिँदैन, म नेपाली सेना र सशस्त्रबाट ड्राइभर म गाउँछु तिमीहरु बस्नु पर्दैन जाओ भन्नुभयो, त्यसपछि हामी गएका हौँ ।”

अर्का चालक विकास त्वायनाले कार्यालय प्रमुख गुरागार्इं कहिले काही मात्रै आउने गरेको र दमकल मर्मत गर्दा टिक क्याप्टेन, सूचना अधिकारीलाई जानकारी गराएर कार्यालयको कर्मचारी साथै लगेर मर्मत गराउने गरेको बताउनुभयो ।

कार्यालय प्रमुखले बजेट नदिए पनि चालक आफैँले पैसा हालेरसमेत कतिपय अवस्थामा दमकल मर्मत गर्नुपरेको गुनासो गर्दै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई उहाँले गम्भीररुपमा नलिएको गुनासो गर्नुभयो ।

अर्का चालक राजकुमार श्रेष्ठले विगतमा प्रत्येक महीना स्टाफ बैठक हुने र कार्यालयमा आएका समस्याका बारेमा छलफल गर्ने गरे पनि गत जेठदेखि एकपटक पनि बैठक नबसेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी २४ घण्टा ड्यिुटी गर्छौं, हाकिम कहिले आउँछन् कहिले आउँदैनन्, उहाँ नआउँदा दमकल बनाएर तयारी अवस्थामा राख्ने कि उहाँलाई कुर्ने ? उहाँ जतिदिन नआए पनि हामीलाई चासो छैन, दमकलको काम नरोकिए हुन्थ्यो ।”

गत जेठ १५ गते गुरागाईं कार्यालय प्रमुख भएर आएपछि पाँच जनाले राजीनामा दिएका छन् भने दुई वटा दमकल र एक पानी ट्याङ्की चालू अवस्थामा रहेकामा अहिले एउटा दमकल मात्रै चालू छ, अरु बिग्रिएर थन्किएका छन् ।

कार्यालयमा २४ घण्टा ड्युटी गरेको राशन लिने गरे पनि कार्यालयमा भने एक साताको एकैपटक हाजिर गर्ने र नआउने गरेको कर्मचारीको गुनासो छ । कार्यालयका सूचना अधिकारी विजय धौभडेलले बिग्रिएका दमकल मर्मत गर्न एक महीना अगाडि नै निवेदन दिए पनि सुनुवाइ नहुँदा दमकल थन्किएर बसेको बताउनुभयो ।

कार्यालय अहिले समस्याले जकडिएको बताउँदै उहाँले दमकल जस्तो अत्यावश्यक साधनलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्नुभयो ।

चालकले छाडेपछि आज यहाँको समस्या लिएर प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई जानकारी गराएको र उहाँले छाडेका चालकलाई फर्काउन भनेपछि आजै चालकलाई आफूले बोलाएको बताउनुभयो ।

उहाँले यहाँको समस्याका बारेमा शनिबार प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई समेत जानकारी गराएको बताउँदै कुनै हालतमा दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको धौभडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गुरागार्इंले आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै धम्क्याउने गरेको कर्मचारीले गुनासो गरेका छन् । भक्तपुर मात्र नभई उपत्यका, काभ्रे, सिनधुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन पुग्ने गरेको यहाँका दमकल बिग्रिएर थन्किएपछि ठूलो आगलागी भए के गर्ने भन्ने अन्योलमा रहनुपरेको धौभडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group