ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल–भैरहवाद्वारा पोखरा पराजित


admin
२३ मंसिर २०७५, आइतबार   ७ : १४   बजे

काठमाडौं,२३ मङसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद शुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको थियो । दुई सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ दशमलव ४ ओभरमा छ विकेट गुमाउँदै भेटायो ।

भैरहवाको जितमा भारतीय बयाट्सम्यान रवि इन्द्रर सिंहले अविजित १२५ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, विक्रम सोब र पल कोगलिङले समान दुई÷दुई विकेट झारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पोखराले २० ओभर पूरै खेल्दै पाँच विकेट गुमाएर २१५ रन जोडेको थियो । पोखराको उच्च स्कोरमा दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको योगदन दिए भने केली जेम्स कोट्जरले ४७ रन जोड्दा सुनील धमलाले ३८ रन जोडे ।

भैरहवाका अविनास बोहोरा, कृष्ण कार्की, रायन टेन र पुनित मेहेराले एक-एक विकेट लिए । जितसँगै भैरहवाले दुई अङ्क जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । जसमा पहिलो खेल चितवन टाइगर्स र काठमाडौँ किङसबीच हुनेछ भने दोस्रो खेल पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu