दाङ,२३ मङसिर । ईलाका प्रहरी कार्यालय मलवार दाङका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार खड्का चढेको मोटरसाईकलमा आगलागी भएको छ ।तुलसीपुरको जसपुरबाट पेट्रोल लगेर कार्यालय जाने क्रममा एक्कासी आगलागी हुँदा ४३ बर्षीय प्रहरी सहायक निरीक्षक खड्काको दुबै खट्टा र हात जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
खड्का सवार कार्यालयको बा २ प २४५९ नम्बरको मोटरसाईकलमा ढुंगा घ्रिस्रिदा आगलागी भएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।
आईतबार साँझ तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरा गनारीमा एक्कासी आगलागी हुँदा घाईते भएका खड्काको प्रहरी चौकी जसपुर र स्थानीयको प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याईएको छ । मोटरसाईकल पूर्ण रुपमा जलेको छ ।
प्रतिक्रिया दिनुहोस्