बेझाड, २३ मङ्सिर । रामपुर नगरपालिका–९ जब्गादीका ६४ वर्षीय प्रेमबहादुर सार्की मृत फेला परेका छन् । सार्की मङ्सिर १३ गतेदेखि बेपत्ता थिए ।
सार्कीको शव आज पूर्वखोला गाउँपालिका– १ सिलुवा नजिकैको खोलामा भेटिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंहले जानकारी दिनुभयो ।
उनी घरबाट मेगा बैंक बेझाड जान भनी हिँडेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्