काठमाडौं,२४ मङसिर । नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सम्पादक देवकोटालाई सञ्चारमन्त्री गोकुल बोस्कोटाले नगद राशि दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् । त्यस्तै अनलाइनखबर डटकमका सम्पादक अरुण बराललाई सोही पुरस्कारले सम्मान गरिएको छ ।
काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको निर्णय अनुसार देवकोटा र बराललाई सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्