चितवन, २४ मंसिर। भरतपुर ८ गौरीगञ्जमा रहेको श्री माध्यमिक बिद्यालयमा तोडफोड गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउपर्नेमा महानगरपालिका वडा नं.८ का दिपेन्द्र तामाङ, राजेश कार्की, नविन विक र रमित विक रहेका छन् ।
बिद्यालयको भौतिक संरचना लगायत फर्निचरका सामानहरू तोडफोड गरी क्षति पुर्याएको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरु भरतपुर ८ मा बस्दै आएका थिए ।
बिद्यालयको सम्पूर्ण बिद्युतिय मिटरबक्स एवम् स्विच बोर्ड फोडिएको, कक्षा कोठामा रहेका बोर्डहरू फुटाईएको, फर्निचरका सामानहरू तोडफोड गरिएको, सिलिङ फ्यानहरू बंगाईएको, बिज्ञान प्रयोगशालाको सम्पूर्ण सामानहरू तोडफोड गरिएको, कम्प्यूटर ल्याबमा रहेको २३ वटा कम्प्यूटर पूर्ण रूपमा फुटाई क्षति पुर्याएको थियो ।
यस्तै ट्वाईलेट बाथरूम लगायत बिद्यालयको अन्य कोठाहरूमा रहेका फर्निचरहरू समेत तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ । तोडफोडबाट करीब ७५ लाख बराबर को क्षति भएको थियो ।
आईतबार पक्राउ गरीएका उनिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूर अनुसार कारवाही प्रकृया अगाडी बढाएको चितवन प्रहरी प्रमुख एसपी सुशिल सिह राठौले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्