ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी


admin
२४ मंसिर २०७५, सोमबार   ४ : ४९   बजे

 तनहुँ, २४ मङ्सिर । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् ।

कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिनुभयो ।

कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै आउने गरेको उहाँले बताउनुभयो । उनीहरुले बुनेका मुढा तनहुँ, पोखरा, बागलङ, गोरखा, लमजुङ, चितवन लगायत बजार क्षेत्रमा बिक्री वितरण हुने गरेको छ ।

कारागार प्रशासन कार्यालयले मुढा बुन्न आवश्यक पर्ने बाँस, धागोलगायत कच्चा पदार्थ जुटाउन र उत्पादित मुढा बिक्री वितरण गर्न सहज वातावरण बनाइदिएको हो ।

पच्चीस जना क्षमता रहेको उक्त कारागारमा अहिले १२५ कैन्दीबन्दी छन् । उनीहरूले मुढा बुनेर बिक्री गरी प्रतिव्यक्ति मासिक पाँच हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीका नाइके थापाले भन्नुभयो, “मुढा बुन्न नजान्ने केही व्यक्तिले भने नाम्लो बुनेर आम्दानी गर्दै आएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group