दाङ,२४ मङसिर । दाङको राजपुर गाउँपालिकाका १ सय ७५ घरपरिवारलाई ग्यास वितरण गरिने भएको छ ।
वडालाई धुवामुक्त बनाउने उद्देश्यले दाङको वडा नम्बर ५ का १ सय ७५ घरपरिवारलाई ग्यास, सिलिन्डर र चुल्हो वितरण गर्न लागिएको वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले बताउनुभयो ।
गएको आर्थिक वर्षमा २७ लाख बराबरको ग्यास वितरण गरेको वडाले यस आर्थिक वर्षमा करिब नौ लाख बराबरको ग्यास सिलिण्डर वितरण गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
गत वर्ष ५ सय घरधुरीलाई ग्यास सिलिण्डर तथा चुलो वितरण गरिएको हो ।’ उहाँले भन्नुभयो‘ यस वर्ष १ सय ७५ घरपरिवारलाई ग्यास, सिलिन्डर र चुलो वितरणका लागि ति घरको विवरण समेत तयार पारिएको छ ।’
राजपुर गाउँपालिका ग्रामिण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समय देखि दाउराबाट निस्किने धुवाबाट क्षयरोग, दम बढ्नुका साथै आग लागीको जोखिम बढेकाले यो कार्यक्रमलाई अगाडि बढाईएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
अर्को तर्फ बन संरक्षण गर्न पनि यो कार्यक्रमले फाईदा पु¥याएको उहाँले बताउन्ुभयो । ग्यासबाट खाना पकाउन थालेपछि बन फडानी गर्ने क्रम रोकिएको भन्दै वातावरणलाई पनि फाईदा भएको उहाँको भनाई छ ।
सबै वडाबासीलाई ग्यास वितरण गर्ने र यदि कसैले अटेर गरेर ग्यास प्रयोग नगरेको पाईएमा वडाले अनुगमन गरि वडाबाट प्रदान हुने सबै सेवाबाट समेत बञ्चित गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्